श्रमिकले पाउँदैनन् तोकिएको तलब, सम्झौता एउटा वास्तविकता अर्कै « Khabarhub

श्रमिकले पाउँदैनन् तोकिएको तलब, सम्झौता एउटा वास्तविकता अर्कै


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विराटनगरकी लिलाकुमारी राई दुई महिनाअघि रोजगारीका लागि कुवेत पुगिन । राईलाई आरपी इन्टरनेशनल कन्सलटेन्सी प्रालिले क्लिनरको व्यक्तिगत भिसा निकालेर ब्यूटिपार्लरमा पठायो । लिला कुवेत पुगेको एक महिनाभित्रै काम गर्नै नजान्ने भन्दै कम्पनीले स्वदेश फिर्ता पठाइदिएको गुनासो वैदेशिक रोजगार विभागको मुद्दा शाखाका कर्मचारीलाई गदैथिन ।

राईलाई नेपालबाट जादाँ १ सय २० केडी (कुवेत) तबल दिने श्रम स्वीकृति म्यानपावरले निकालेको छ । तर, म्यानपावरले गरेको श्रम सम्झौतामा भने ८० केडी मात्र तबल दिने जनाइएको छ । श्रम स्वीकृति निकाल्दा र डिमाण्ड पत्रमा भएको सम्झौतामा ४० केडीको फरक छ ।

‘नेपालमा सम्झौता गरेको जति तलब हुदैन भनेर कम्पनीले पुगेकै भोलि पल्ट भन्यो । नेपालबाट जादाँ म्यानपावरले क्लिनरमा काम गर्नुपर्छ भनेको थियो । भोक–भोकै एक महिना काम गरेरपछि तलब आउने बेलामा नेपाल पठाइदियो ।’ उनले भनिन, ‘भाषा र काम पनि नजान्ने भन्दै साहुनीले गाली गर्थी । मलाई ब्यूटी पार्लरको हल्का मात्र काम थाहा थियो । हातमा सीप नभएको भन्दै एक्कासी नेपाल जान भन्यो ।’ राईले आएपी म्यानपावर इटहरी शाखाका एजेन्ट नारायण कार्कीलाई १ लाख ७० हजार कुवेत जानलाई तिरेको बताइन । अहिले शाखा र म्यानपावर दुवैले केही नजान्ने जस्तो गर्ने गरेको उनको भनाई छ ।

त्यसैगरी पश्चिम नेपाल म्यानपावर प्रालिले उदयपुरकी उषा भुजेल र ललिता राईलाई पनि नेपालबाट मासिक १ हजार रियाल र ३ सय रियाल खाना बस्न सुविधा छ भनेर कतार पठाएको थियो । तर, कतार पुगेपछि कम्पनीले उनीहरुलाई ८ सय रियाल र २ सय खाना बस्ने हुने गरी सम्झौता भएको जानकारी गराएको थियो ।

उषाले भनिन, ‘नेपालबाट म्यानपावरले होटल वाटर काम भनेर पठाएको थियो । कतार पुगेपछि क्लिनरमा काम लाग्यो । काम नगर्ने भनेपछि स्वदेश जाँउ भनेर काम नै दिएन । सम्झौतामा भएअनुसार काम नगर्ने भएपछि नेपाल फकाइदियो । नेपालमा एउटा काम भनेर म्यानपावरले पठायो विदेशमा पुगेपछि अर्को काम पो रहेछ ।’

कतारबाट समस्यामा परेको भन्दै म्यानपावर सञ्चालकलाई फोन गर्दा चुप लागेर काम गरेर बस भन्दै गाली गरेर फोन राख्ने गरेको ललिताको भनाई छ ।

कतार रोजगारीका जान ललिता र उषाले पश्चिम नेपाल म्यानपावरलाई ९५ हजारका दरले पैसा बुझाएको जानकारी दिए । अहिले म्यानपावरले कतार जादाँ लिएको पैसा फिर्ता नदिने भन्दै धम्काएपछि न्यायका लागि उजुरी गर्ने विभाग आएको उनीहरुले बताए । उनीहरुको पनि नेपालबाट रोजगारीमा जादाँ म्यानपावरले १२ सय रियाल छ भनेर पठाएको थियो । तर, कतार पुगेर काम सुरु गरेपछि मात्र १ हजार रियाल मात्र तलब रहेछ भनेर थाहा भएको उनीहरुले जानकारी दिए ।

लिला, ललिता र उसा प्रतिनिधिपात्र मात्र हुन उनीहरु जस्ता धेरै रोजगारीको खोजीमा रहेका श्रमिकलाई म्यानपावर कम्पनीले डिमाण्डपत्रमा उल्लेख भएभन्दा फरक श्रम स्वीकृति निकालेर वैदेशिक रोजगारीमा पठाइरहेका छन् । म्यानपावर कम्पनीले डिमाण्डमा उल्लेख गरिएको भन्दाफरक कागजपत्र पेश गरेर श्रम स्वीकृति निकाली कामदार वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएको विभागका निर्देशक हरि ज्ञवालीले बताए । उनले भने, ‘यस्तो समस्या दैनिक विभागमा आउने गरेको छ ।

डिमाण्डमा एउटा र श्रम स्वीकृतिमा अर्को तलब देखाएर रोजगारीमा कामदार पठाउने म्यानपावर तत्काल कारवाही गरेर रोजगारपीडितलाई क्षतिपूर्ति भराउने गरेको निर्देशक ज्ञवालीले भने, ‘वैदेशिक रोजगारी क्षेत्रका धेरै समस्या विभागमा आउने गरेका छन् । कतिपय समस्या त विभागलाई बुझन नै कठिनाइ हुन्छ । पीडितले ल्याएका समस्या पहिचान गर्ने मुश्किल हुन्छ । जसका कारण दोषीलाई कारवाहीको दायरामा ल्याउन समस्या भइरहेको छ ।’

विभागमा दैनिक २० जनासम्म म्यानपावर र एजेन्टले समस्यामा परेको भन्दै मुद्दा दर्ता गराउन आउने गरेका छन् । पछिल्लो समय रोजगारीका नाममा व्यक्तिले ठगि गर्ने क्रम बढीरहेको छ । व्यक्तिगत एजेन्टबाट वैदेशिक रोजगारीमा जान खोज्दा धेरै युवा ठगिने गरेका छन् । जसका पहिचान गरेर कानुनी कारवाहीको दायरामा ल्याउन समस्या भइरहेको विभागको भनाई छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : ५३ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै