नमूना शहरको डीपीआर बन्न थाल्यो « Khabarhub

नमूना शहरको डीपीआर बन्न थाल्यो


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सरकारले अघि बढाएको नमूना शहर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न थालिएको छ । दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न डीपीआर निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डीपीआर शुरु गरेको छ ।

अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । उनका अनुसार गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली पार्क निर्माण, फोहर सकलन केन्द्र निर्माण, खानेपानीका वडास्तरीय बृहत योजना सञ्चालन र नमूना सडक बनाउने कार्यमा गुरुयोजना निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको बताए ।

‘गढवालाई नमूना शहर बनाउने काम अघि बढेको छ’, उनले भने, ‘अहिले हामीले गुरुयोजना निर्माण गरिरहेका छौँ ।’ डीपीआर तयार भएपछि त्यही आधारमा नमूना शहर निर्माणको काम अघि बढाउने योजना रहेको उनको भनाइ छ ।

प्रदेश नं ५ सरकारको ६० लाख बजेटमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको तयारी भएको उनले बताए। प्रदेश सरकारकै ३६ लाखको लागतमा गढवा गाउँपालिकास्तरीय व्यवस्थित र आधुनिक खेलकूद मैदान निर्माणको शुरुवात गर्न थालिएको उनले बताए।

दाङको विकट क्षेत्रमा रहेको उक्त गाउँपालिकामा आधुनिक शहर निर्माण भएसँगै गाउँपालिकाले विकासमा फड्को मार्न अध्यक्ष यादवको भनाइ छ । त्यस्तै प्रदेश सरकारले नै देउखुरीको जङ्गलकुटीमा नमूना थारु सङ्ग्रहालय बनाउने योजना बनाएको छ ।

पानीको समस्या रहेको उक्त पालिकामा अहिले पनि पानीको समस्या पनि हटेको उनको भनाइ छ । साथै साढे चार करोडको लागतमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्यलाई तीब्रता दिइएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकासले पनि गति लिन थालेको स्थानीयले बताएका छन्।

स्थानीय खुसीराम यादवका अनुसार यस अघि विकास निर्माणका कार्यले गति लिन नसकेको भएपनि अहिले जनप्रतिनिधि आएपछि विकास निर्माणका काम तीब्र गतिमा अघि बढिरहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ११ : ५९ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी