जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड « Khabarhub

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ। बिहानैदेखि कुम्भेश्वर परिसरमा भक्तजनको भीड लागेको छ।

भक्तजनहरूले कुम्भेश्वर कुण्डमा स्नान गरी कुम्भेश्वर महादेवको पूजा तथा आराधना गरिरहेका छन्। जनैपूर्णिमाको अघिल्लो रात साउन शुक्ल चतुर्दशीदेखि सुरु भएको मेला जनैपूर्णिमाको दिनसम्म चल्ने परम्परा छ।

कुम्भेश्वरमा हरेक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजा, आराधना तथा धार्मिक विधि सम्पन्न गरिन्छ। परम्पराअनुसार साउन शुक्ल पक्षमा विशेष विधि पूरा गरी कुम्भेश्वर महादेवको स्वरूपलाई मन्दिरबाट बाहिर निकालेर कुण्डमा राख्ने गरिन्छ।

कुम्भेश्वर मेला गोसाइँकुण्डसँग जोडिएको धार्मिक विश्वासका कारण पनि विशेष मानिन्छ। गोसाइँकुण्डमा स्नान गर्न नसक्ने भक्तजनले कुम्भेश्वर कुण्डमा स्नान तथा पूजा गरे पुण्य प्राप्त हुने जनविश्वास छ।

स्थानीय धार्मिक मान्यताअनुसार कुम्भेश्वर कुण्डको पानी गोसाइँकुण्डसँग भूमिगत रूपमा जोडिएको विश्वाससमेत रहेको छ। यसै विश्वाससँग जोडिएको विभिन्न किंवदन्तीका कारण पनि जनैपूर्णिमाका दिन कुम्भेश्वरमा भक्तजनको विशेष घुइँचो लाग्ने गरेको छ।

जनैपूर्णिमाका दिन भक्तजनले नयाँ जनै धारण गर्ने, रक्षाबन्धन तथा डोरो बाँध्ने र कुण्डमा स्नान गर्ने गर्दछन्। कुम्भेश्वर मन्दिर पाटनको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा समेत परिचित छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ९ : ३६ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका