रोजगारी सिर्जनाको नयाँ अभ्यास : वार्षिक १ लाख युवालाई सीपमूलक तालिम दिइने | Khabarhub Khabarhub

रोजगारी सिर्जनाको नयाँ अभ्यास : वार्षिक १ लाख युवालाई सीपमूलक तालिम दिइने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वार्षिक १ लाख युवा युवतीलाई विभिन्न शीर्षकमा सीप विकास तालिम दिने कार्यक्रम घोषण गर्ने तयारी गरिरहेको छ ।

श्रम मन्त्रालयले यो कार्याक्रम वैशाख अन्त्यतिर घोषण गर्ने गरी काम भइरहेको जानकारी दिएको छ । देशभित्र आवश्यक पर्ने दक्ष श्रम शक्ति उत्पादन गर्ने उद्देश्यले सीप विकास कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालय पहिलो पटक यति धेरै संख्यामा एकै पटक तालिम सञ्चालन गर्न लागेको हो । हाल सञ्चालनमा आएको प्रधानमन्त्री रोजगार कार्याक्रम अन्तगत रहेका रोजगार सूचना केन्द्रबाट तालिममा सहभागी गराउने मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले हाल आन्तरिक श्रम बजारमा देखा परिरहेको श्रमिक अभावलाई मध्यनजर गदै देशभर सीप विकास तालिम सञ्चालन गर्न लागेको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक समुन घिमिरेले जानकारी दिए । उनले भने, ‘आन्तरिक श्रम बजारमा आवश्यक श्रमशक्ति उत्पादन गरेर खपत गर्नका लागि तालिमको आवश्यकता छ । नेपालमै वार्षिक धेरै श्रमिकको माग भएपनि दक्ष जनशक्ति नहुदाँ विदेशी कामदारमा निर्भर हुने अवस्था छ । तालिम लिएका युवालाई देशभित्रको रोजगारीमा लगाउनुपर्छ ।’ चालु आर्थिक बर्षदेखि नै तालिम सञ्चालन गर्न आवश्यक ढाँचा निर्माण गरिरहेको उनले जानकारी दिए ।

देशभर रोजगारदाता र तालिम केन्द्रसँग सहकार्य गरेर तालिम सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

२० विषयमा तालिम दिइने

प्रतिष्ठानका अनुसार २० वटा शीर्षकमा तालिम सञ्चालन हुँदैछ । पर्यटन, होटल सम्बन्धी, इलेक्ट्रिसियन, विल्डिङ पेन्टर, हाउसकिपिङ, क्लिनर, स्कापफोल्डर, बिल्डिङ असिस्टेन्ट, वेटर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरलगायतका विषयमा तालिम दिइने प्रतिष्ठानले जानकारी दिएको छ ।

यस्तै, सेक्युरिटी गार्ड, आल्मुनियम फेब्रिकेटर, सटरिङ कार्पेन्टर, इन्डेस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन (डकर्मी), असिस्टेन्ट ब्युटिसियन, कुक (कमी थर्ड) र स्ट्रक्चरल फेब्रिकेटरलगायतका विषयमा तालिम दिइने छ ।

हाल प्रतिष्ठानले वैदेशिक रोजगारीमा कोरिया जाने कामदारलाई अभिमुखीकरण तालिम, इलेक्ट्रिसियन, अट्रोमोवाइल र ब्यूटीसियन तालिम दिदै आएको छ ।

यी विधामा तालिम भने रोजगारदाता कम्पनीबाटै सञ्चालन गरिने प्रतिष्ठानले जानकारी दिएको छ । श्रमिकको आवश्यकता र बजारको अवस्था हेरर तालिम सञ्चालन गर्ने योजना रहेको कार्यकारी निर्देशक घिमिरेले बताए। रोजगारदातालाई नै तालिम सञ्चालन गर्न दिए तालिममा सहभागी श्रमिकले अभ्यास गर्ने र काम सिक्ने मौका पनि पाउने उनको प्रतिष्ठानको विश्वास छ ।

तालिम केन्द्रको अभाव

नेपालमा सुविधा सम्पन्न तालिम केन्द्रको अभाव छ । जसका कारण ३ दशकदेखि अदक्ष कामदार वैदेशिक रोजगारीमा गइरहेका छन् । सरकारी तालिम केन्द्र नहुँदा सरकारलाई सीप विकास तालिम सञ्चालन गर्न समस्या हुदै आएको छ । हाल, सञ्चालन रहेका तालिम केन्द्र पनि प्रविधियुक्त छैनन् । सरकारले तालिम केन्द्र खोल्ने योजनाअघि सारेपनि कार्यन्वयन गर्न सकिरहेको छैन ।

नीजि क्षेत्रबाट सञ्चालन गरेका तामिल केन्द्र काम चलाउ मात्र छन् । जसका कारण श्रम बजारमा आवश्यक जनशक्ति उत्पादन हुन सकेको छैन । सरकारले नै ठूला र प्रविधियुक्त तालिम केन्द्र सञ्चालन गरेर बजारमा माग भए बमोजिम दक्ष श्रम शक्ति उत्पादन गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : ५८ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी