किन कुटे विराज भट्टले निर्माण नियन्त्रकलाई ? « Khabarhub

किन कुटे विराज भट्टले निर्माण नियन्त्रकलाई ?


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘साङ्लो’ निर्माणको विषयलाई लिएर अभिनेता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवम् निर्माण नियन्त्रक शंकर पाण्डेमाथि हातपात गरेका छन् ।

भट्टले निर्माण गर्न लागेको फिल्म ‘साङ्लो’ को छायांकनको विषयलाई लिएर सोमबार साँझ अभिनेता भट्ट र निर्माण नियन्त्रक पाण्डेबीच भेटघाट भएको थियो । सोही भेटमा दुवैबीच हात हालाहाल भएको हो ।

लामो समयदेखि विराज फिल्म ‘साङ्लो’ निर्माणको तयारीमा जुटेका छन् । यो फिल्मलाई उनी आफैले निर्देशन गर्दैछन् भने नायकको रुपमा पनि आफैले अभिनय गर्ने भनिएको छ ।

विराजले आफ्नै लगानीमा बनाउन लागेको यो फिल्ममा निर्माण नियन्त्रक शंकर पाण्डेले फिल्मको छायांकन समयमा शुरु हुन नसकेकाले फिल्म छाड्ने भनेका थिए । जवाफमा विराजले फिल्म छाड्ने भए आफूसँग लिएको एडभान्स फिर्ता गर्नुपर्ने बताए ।

तर, पाण्डेले लामो समय यो फिल्मका लागि दिइसकेकाले एडभान्स फिर्ता नगर्ने बताएका थिए । यही कुरालाई लिएर विवाद भएको थियो ।

विवाद चुलिँदै गएपछि विराज भट्टले पाण्डेमाथि हात हालेका थिए । विराजको कुटाइबाट भुइँमा लडेका पाण्डेले पछि विराजलाई पनि हात हालेको बताइएको छ ।

यद्यपि विराजले भने आफूलाई गाली गरेकाले हात हाल्नुपरेको बताएका छन् । यता खबरहबले सम्पर्क गर्न खोज्दा विराजको फोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : ०९ बजे

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा

महेश बस्नेतको जिकिर : रवि-बालेन ‘पानीका फोका’ मात्रै, एमालेलाई कसैले रोक्न सक्दैन

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी

गगनको संकल्प : मन्त्रिपरिषद्का निर्णय अख्तियारको छानबिन दायरामा ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद् बैठकका निर्णयहरू पनि

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध

भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका