रहेनन् वरिष्ठ संगीतकार मदन दिपबिम « Khabarhub

रहेनन् वरिष्ठ संगीतकार मदन दिपबिम


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – वरिष्ठ संगीत साधक तथा रचनाकार मदन दिपबिमको हृदयाघातका कारण निधन भएको छ । इलाममा जन्मिएका दिपबिम हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका थिए ।

उनको सोमवार अमेरिकामै निधन भएको पारिवारिक स्रोतले बतायो ।

दिपबिमले के भुल भयो प्रिया, झस्केर दुख्छ यो मुटु मेरो, सुरिलो रुख सल्लै हो लगायतका चर्चित गीतमा संगीत दिएका थिए ।

दिपबिमले चर्चित गीत भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी  रचना गरेका थिए । दिपबिम नेपाल हुँदा केही समय रेडियो नेपालका जागीरे समेत थिए ।

ममता दिपबिमसँगै अमेरिकामा बस्दै आएका दिपबिम एक महिनादेखि बिरामी रहेको परिवारले बतायो । दिपबिमको अन्तेष्टि अमेरिकामै गर्ने र काजकिरिया नेपालमा गर्ने पारिवारिक स्रोतले जनायो ।

निधनको समाचारसँगै नेपाली संगीतकार तथा गायकले दिपबिमप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  २ : ०८ बजे

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल