म्यान्मारको जेलमा रहेका २ पत्रकारको अपिल खारेज « Khabarhub

म्यान्मारको जेलमा रहेका २ पत्रकारको अपिल खारेज


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यान्मार– म्यान्मारको सर्वोच्च अदालतले २ जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ ।

रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई ७ वर्षको जेल सजाय दिएको छ । सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका पत्रकारहरु ३३ वर्षीय वा लोन र क्या सो ऊ अद्यापी जेलमै छन् ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अब जेलमुक्त हुन उनीहरुलाई राष्ट्रपतिले माफी दिन सक्ने बाटो बाँकी छ ।

उनीहरुमाथि द्वन्द्वग्रस्त राज्य राखिनमा सैनिक कार्यबाहीसँग सम्बन्धित गोप्य दस्ताबेज राखेको आरोप छ । राखिन राज्यमा सेनाको चरम दमनबाट सात लाख ४० हजारभन्दा बढी मुस्लिम समुदायका मानिसहरु रातारात बंगालदेशतर्फ पलायन भएका थिए ।

पत्रकारका समर्थकहरुको भनाईमा सन् २०१७ को सेप्टेम्बरमा राखिन राज्यमा १० जना रोहिङ्ग्या मुस्लिमको चरम दमन र आमहत्यामा म्यान्मार सेनाको संलग्नताको प्रमाण उनीहरुसँग रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : १५ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध