समितिकी सभापतिको कार्यशैलीप्रति सदस्यहरुबाट आपत्ति | Khabarhub Khabarhub

समितिकी सभापतिको कार्यशैलीप्रति सदस्यहरुबाट आपत्ति


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएकी हुन् । समितिको बैठकमा आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

तर, समितिकी सदस्य कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी आफूहरुलाई बोल्न समेत दिने नगरेको भन्दै समितिको सदस्यबाट राजीनामा दिने चेतावनी समेत दिइन् । समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धी गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बुटवलमा आयोजना गरिएको जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापति भट्टले आफूलाई जानकारी नदिएको समितिकी सदस्य कुमारीको आरोप छ ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गराउने कार्यक्रममा सहभागी किन नगराइएको भन्दै सभापति भट्टलाई प्रश्न पनि गरिन् ।

समितिका अर्का सदस्य खिमकुमार विश्वकर्माले राजनीतिक प्रभावमा परेर सभापति भट्टले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आपत्ति जनाए । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसद समेत रहेका उनले राजनीतिक आस्थाको आधारमा अघि बढ्ने हो भने सभापति भट्टको कुनै पनि कार्ययोजना आफूलाई स्वीकार्य नहुने चेतावनी दिए ।

भट्ट काँग्रेसको तर्फबाट समितिको सभापतिमा चयन भएकी हुन् । उनीमाथि राजनीतिक प्रभावमा परी काम गरेको समितिका सदस्यहरुको आरोप छ । यता, सभापति भट्टले भने आफूले राजनीतिक प्रभावमा परेर कार्य योजना तय नगरेको दावी गरे । उनले पक्ष, प्रतिपक्षमा नलागी आफूले सबैलाई सहभागी गराएर समितिको आगामी कार्ययोजना तय गरिरहेको पनि बताए ।

समितिकी सभापति भट्टले समितिका सबै सदस्यहरुको उपस्थितिमा कार्य योजना तय गर्न आफू लागि परेको दाबी गरिन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : ०२ बजे

म्याग्दीको पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा आज दिउँसो पहिरोले घर

सरोगेसी बहस : ‘पाठेघर आलुको भाउमा बेच्ने ?’

काठमाडौँ – नेपालमा सरोगेसी (भाडामा बच्चा जन्माउने कारोबार) लाई वैधानिकता

अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपाका कार्यकर्तालाई दिए क्षमा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने राष्ट्रिय

प्रधानमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन (तस्बिरहरु)

काठमाडौं – शिक्षामा भइरहेको व्यापारीकरण र मौलिक हकको उल्लंघनको विरोधमा

सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले