समितिकी सभापतिको कार्यशैलीप्रति सदस्यहरुबाट आपत्ति « Khabarhub

समितिकी सभापतिको कार्यशैलीप्रति सदस्यहरुबाट आपत्ति


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएकी हुन् । समितिको बैठकमा आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

तर, समितिकी सदस्य कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी आफूहरुलाई बोल्न समेत दिने नगरेको भन्दै समितिको सदस्यबाट राजीनामा दिने चेतावनी समेत दिइन् । समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धी गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बुटवलमा आयोजना गरिएको जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापति भट्टले आफूलाई जानकारी नदिएको समितिकी सदस्य कुमारीको आरोप छ ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गराउने कार्यक्रममा सहभागी किन नगराइएको भन्दै सभापति भट्टलाई प्रश्न पनि गरिन् ।

समितिका अर्का सदस्य खिमकुमार विश्वकर्माले राजनीतिक प्रभावमा परेर सभापति भट्टले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आपत्ति जनाए । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसद समेत रहेका उनले राजनीतिक आस्थाको आधारमा अघि बढ्ने हो भने सभापति भट्टको कुनै पनि कार्ययोजना आफूलाई स्वीकार्य नहुने चेतावनी दिए ।

भट्ट काँग्रेसको तर्फबाट समितिको सभापतिमा चयन भएकी हुन् । उनीमाथि राजनीतिक प्रभावमा परी काम गरेको समितिका सदस्यहरुको आरोप छ । यता, सभापति भट्टले भने आफूले राजनीतिक प्रभावमा परेर कार्य योजना तय नगरेको दावी गरे । उनले पक्ष, प्रतिपक्षमा नलागी आफूले सबैलाई सहभागी गराएर समितिको आगामी कार्ययोजना तय गरिरहेको पनि बताए ।

समितिकी सभापति भट्टले समितिका सबै सदस्यहरुको उपस्थितिमा कार्य योजना तय गर्न आफू लागि परेको दाबी गरिन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : ०२ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष