जन्ममिति किर्ते गरेको भन्दै नेपाली सेनाका प्रमुख सेनानीमाथि कोर्ट मार्शल « Khabarhub

जन्ममिति किर्ते गरेको भन्दै नेपाली सेनाका प्रमुख सेनानीमाथि कोर्ट मार्शल


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जन्म मिति किर्ते गरेको भन्दै नेपाली सेनाले प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) जीवन थापालाई कोर्टमार्शल शुरु गरेको छ । जन्म मिति किर्ते गरी सैनिक सेवामा प्रवेश गरेको आरोपमा सुदुरपश्चिम पृतनामा कार्यरत प्रमुख सेनानी थापामाथि सेनाले कोर्टमार्शल सुरु गरेको हो ।

सैनिक स्रोतका अनुसार थापाको बारेमा छानविन भइरहेको भए पनि कारवही कुन प्रकृतिको हुन्छ भन्ने चाहिँ अहिलेसम्म टुंगो लागेको छैन । २७ बेसिकका सैनिक अधिकृत थापालाई महासेनानी बढुवामा सिफारिस गरिएपनि उनको बढुवा रोकिएको थियो ।

बढुवा रोकिएपछि थापाले गत सातामात्र सैनिक सेवाबाट राजीनामा दिएका थिए । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनले दिएको राजीनामा भने स्विकृत भएको छैन ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार थापा सैनिक सेवामा प्रवेश गर्दा २६ वर्षका भएपनि उनले २१ वर्ष मात्र पुगेको भन्दै नक्कली कागजपत्र पेश गरेर सेनामा भर्ना भएका थिए । सेनामा सैनिक क्याडेटमा भर्ना हुन २१ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ ।

थापाले १३ वर्षमा एसएलसी उर्तिण गरेको शैक्षिक प्रमाणत्र समेत पेश गरेका छन् । उनको स्कुलको प्रमाणपत्रमा जन्ममिति २०१९ साल पुस ६ गते उल्लेख छ ।

तर, उनले आफु २०१४ सालमा जन्मिएको कागजपत्र पेश गरेको सैनिक स्रोतको दाबी छ । २०३७ सालमा एसएलसी दिएका प्रमुख सेनानी थापाले १३ वर्षमा नै एसएसलसी उत्तिर्ण गर्नु कुनै पनि हिसाबले सम्भव नभएको एक सैनिक अधिकारीको दावी छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : ४२ बजे

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि