अदालतका कर्मचारीका लागि नयाँ आचारसंहिता, फेसबूकमा जे पायो त्यही लेख्न नपाइने | Khabarhub Khabarhub

अदालतका कर्मचारीका लागि नयाँ आचारसंहिता, फेसबूकमा जे पायो त्यही लेख्न नपाइने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतले लामो समयपछि सबै तहका अदालतमा कार्यरत कर्मचारीलाई लागू हुनेगरी कर्मचारी आचारसंहिता जारी गरेको हो ।

अदालतले जारी गरेको संहिताअनुसार कर्मचारीले पदीय मर्यादा ख्याल गर्नुपर्ने, अदालतको सामान तथा सुबिधाको दुरुपयोग गर्न नहुने, सूचना दिन वा सूचना दुरुपयोग गर्न नहुने, व्यापार व्यवसायमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुने नहुने र राजनीतिक तटस्थता कायम गर्नुपर्ने छ ।

इजलाश चलिरहेको बेला कर्मचारी इजलाशबाट बाहिर निस्कन नहुने  व्यवस्था रहेको संहितामा सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार हुनुपर्ने समेत व्यवस्था गरेको छ ।

संहितामा फेसबूकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा न्यायपालिका र सम्बद्ध न्यायाधीश, कर्मचारीको मानमर्दन हुनेगरी वा भ्रम फैलाउने खालका सामग्री पोष्ट गर्न, सेयर गर्न समेत नपाउने व्यवस्था गरिएको छ ।

संहिताविपरितको काम गरे विभागीय कारबाही गर्ने व्यवस्था समेत संहितामा समावेश गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ०१ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र