पुरुष फुटबल : उपाधिका लागि आर्मी र पुलिस भिड्ने « Khabarhub

पुरुष फुटबल : उपाधिका लागि आर्मी र पुलिस भिड्ने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगञ्जमा जारी पुरुष फुटबलको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लले अर्को विभागी टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदे आर्मीसँगको भेट पक्का गरेको हो ।

पुलिसको जितका लागि खेलको ९ मिनेटमा रवि पासवानले गोल गरेका थिए । १–० ले अघि रहेको पुलिसका लागि खेलको ३३ औं मिनेटमा तेज तामाङले गोल गर्दै २–० को अग्रता बनाए ।

पहिलो हाफमा पुलिस २–० ले अग्रता रहेको खेलको ७२ औं मिनेटमा एपीएफका लागि आशिष लामाले गोल सान्तवना गोल फर्काए ।

यसअघि आज विहान भएको पहिलो सेमिफाइनलमा विभागीय टोली आर्मीले प्रदेश ५ हराउँदै फाइनल यात्रा तय गरेको थियो । फाइन खेल बुधबार हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ७ : १५ बजे

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र