रजस्वला नहुँदा ७ वर्ष झाँरफुकमै बित्यो, अस्पताल आएपछि पत्ता लाग्यो रोग | Khabarhub Khabarhub

रजस्वला नहुँदा ७ वर्ष झाँरफुकमै बित्यो, अस्पताल आएपछि पत्ता लाग्यो रोग


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नवलपरासीकी २३ वर्षिया एक युवती थापाथलीको प्रसूती तथा स्त्रीरोग अस्पतालमा दुई महिनादेखि भर्ना भएकी छन् । उनको समस्या हो रजस्वला नहुँनु ।

१६ वर्षको उमेरमा उनलाई पेट दुख्ने, फुल्ने समस्या शुरु भएको थियो । हरेक महिनाको एकपटक एक सातासम्म पेट दुख्ने समस्या हुन्थ्यो, तर एक सातापछि आफै निको हुन्थ्यो ।

केही समय मात्रै दुख्ने भएकाले उनले पेट दुख्ने समस्यालाई वेवास्ता गरिन् । तर उमेरसँगै उनको समस्या पनि बढ्दै गयो । हरेक महिनाको ७ दिन सहनै नसक्नेगरी पेट दुख्न थालेपछि उनी घर नजिकैको मेडिकलमा गइन् । मेडिकलवालाले उनलाई पेट दुखाइ कम हुने औषधि दिएर पठाए ।

हरेक महिना पेट दुख्दा उनी पेट नदुख्ने औषधि खाने गर्थिन् । ‘हरेक महिना पेट मात्रै दुख्थ्यो तर महिनावारी भएको थिइन्, सहनै नसक्ने गरी दुखेपछि मेडिकलले दिएको नदुख्ने औषधि खान थाले,’ नाम नबताउँने सर्तमा युवतीले भनिन् ।

हरेक महिना रजस्वला भएकी महिलालाई जस्तै पेट दुख्ने गरेपनि उनको योनीबाट रगत बग्दैन थियो । उनको समस्यालाई लिएर घरमा सबै चिन्तित थिए । युवतीकै घर नजिकै रहेका एकजना झाँक्रीले ‘बोक्सी’ लागेर रजस्वला नभएको र पेट मात्रै दुखेको भन्दै आफूले झाँरफुक गरेपछि निको हुने बताए ।

झाँरफुक गर्दा महिनावारीको समस्या ठिक हुने आसामा युवतीको परिवार झाँरफुकतिर लागे ।

किशोरी अवस्थामा पौष्टिक आहारको कमी, रक्तअल्पता, टीबी तथा सानै उमेरमा डावटिकको समस्या हुने किशोरीहरुमा हुने गर्छ । योनीमार्ग बन्द भएका किशोरीहरुमा महिनावारीमा बगेको रगत भित्रै जम्मा हुने भएकाले पेट दुख्ने समस्या हुन्छ

‘घर नजिकैको झाँक्रीले बोक्सीले दुःख दिएकोले पीडा भएको, महिनावारी नभएको भने, पाठा, कुखुुरा, परेवा चढाउँनुपर्छ अनि मात्रै निको हुन्छ भने,’ युवतीले खबरहसँग भनिन्, ‘हरेक महिना निकै गाँह्रो हुन्थ्यो, त्यसैले झाँक्रीको कुरामा विश्वास गरेर ७ वर्षजति झाँफुक नै गरियो ।’

प्रजनन् समस्याका कारण महिनावारी नभएकी उनको समस्या झाँक्रीले फुकेर निको भएन । समस्या झनै बढ्दै गयो ।

‘निको होला भनेर १२ पटक कुखुराको भाले चढाइयो, ३ जोर परेवा र एउटा पाठा पनि काटियो तर महिनावारी भएन, पेट झनै फुल्ने, अत्याधिक दुख्ने समस्या बढ्न थाल्यो,’ युवतीले भनिन्, ‘किन अझै ठिक भएन भनेर झाँक्रीलाई सोध्दा बोक्सीले अझै रगत खादै छ, अझै चढाउनुपर्छ भन्यो ।’

सात वर्षसम्म झाँरफुक गर्दा अलिकति पनि सञ्चो नभएपछि युवतीको परिवारले चितवनको सामुदायिक अस्पतालमा लगे । अस्पतालले ठिक हुने भन्दै ११ दिन भर्ना गरेर राख्यो । तर ११ दिनपछि काठमाडौंको थापाथलीमा रहेको प्रसूति तथा स्त्रीरोग अस्पतालमा रेफर गर्‍यो ।

उनी चैत १४ गते देखि थापाथलिको प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छन् । हरेक महिना रजस्वला भएपनि रगत बग्ने योनीमार्ग नखुल्दा युवतीको पेट फुल्ने, दुख्ने समस्या हुने गरेको उनको उपचारमा संलग्न स्त्री रोग विशेषज्ञ डाक्टर मधु श्रेष्ठले बताइन् ।

‘उनी महिनावारी भएपनि योनीमार्ग बन्द भएर रगत बाहिर आएको थिएन, हामीले शल्यक्रिया गरेर उपचार गरेका छौं,’ डा श्रेष्ठले भनिन्, ‘उनको समस्या सामान्य हो, समयमै स्त्रीरोग चिकित्सककोमा आएको भए धेरै समस्या आउँदैनथियो ।’

युवतीको बैशाख १० गते शल्यक्रिया गरेर बन्द रहेको योनीमार्ग खुलाइएको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा श्रेष्ठले बताइन् ।

 किन महिनावारी हुँदैनन् ?

सामान्यतया १० देखि १५ वर्षका किशोरीहरुमा महिवारी शुरु हुन्छ । तर कोही किशोरीहरुमा महिनावारी नहुँने समस्या हुन्छ । शरीरमा भएको पिट्युटरी गोनाडोट्रोपीन नामन ग्रन्थिबाट निस्कने गोनाडोट्रिपीन हर्मोनको कमी भएमा डिम्बाशयबाट इस्ट्रोजन हर्मोन निष्कासन कम हुन्ट जसले गर्दा पाठेघरको भित्री तहबाट सूक्ष्म रक्त नलिहरुबाट रगत बगाउने कार्य पूर्ण रुपमा विकासित हुन सक्दैन र किरोशीहरु महिनावारी हुँदैनन् ।

यस्तै कुनै किशोरीहरुको जन्मजात योनीद्धार बन्द हुने र पाठेघरको बनावट सानो हुँदा पनि महिनावारी नहुन सक्छ । योनीद्धार बन्द भएका र पाठेघरको मुखको प्वाल बन्द रहेमा किशोरीहरु महिनावारी भएपनि उनीहरुको रगत महिनै पिच्छे बगेको हुन्छ तर योनीद्धार बन्द भएकाले महिनावारी भएको रगत बाहिर निस्कन सक्दैन ।

किशोरी अवस्थामा पौष्टिक आहारको कमी, रक्तअल्पता, टीबी तथा सानै उमेरमा डावटिकको समस्या हुने किशोरीहरुमा हुने गर्छ । योनीमार्ग बन्द भएका किशोरीहरुमा महिनावारीमा बगेको रगत भित्रै जम्मा हुने भएकाले पेट दुख्ने समस्या हुन्छ ।

महिनावारी हुँदा बाहिर ननिस्केको रगत पाठेघर वा योर्नीमार्गमै जम्मा भएर बसेको हुन्छ । पाठेघर तथा योनीमार्गमा जम्मा भएको रगत शल्यक्रिया गरेर निकाल्न सकिन्छ । साथै बन्द भएको पाठेघरको मुख वा योनीमार्ग पनि शल्यक्रिया गरेर खुलाइन्छ । त्यसैले महिनावारी हुने उमेरमा हरेक महिना पेट दुख्ने, फुल्ने समस्या भएका महिलाले विशेषज्ञ चिकित्सकसँग परापर्श र उपचार गराउनुपर्छ ।

यस्तै, कतिपय किशोरीहरुमा पाठेघर वा डिम्बाशय नै नभएकाले पनि महिनावारी हुँदैनन् । पाठेघर तथा डिम्बाशय नभएका किशोरीको पछि बच्चा हुँदैन ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : २६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०