बार्बाडोजसँगको आवद्द्धतासँगै सन्दीपले लेखे- नयाँ परिवारमा सामेल हुन आतुर | Khabarhub Khabarhub

बार्बाडोजसँगको आवद्द्धतासँगै सन्दीपले लेखे- नयाँ परिवारमा सामेल हुन आतुर


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा छनोट भएसँगै नयाँ परिवारमा सामेल हुन आतुर रहेको जनाएका छन् ।

सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा आवद्ध गरेसँगै सन्दीपले  टोलीमा सामेल हुन आतुर रहेको जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘ म नयाँ परिवारमा सामेल हुनका लागि पर्खिन सक्दिनँ । सवैलाई धन्यवाद जसले मेरा लागि माया र सद्भाव देखाउनुभयो । जय नेपाल ।’

अघिल्लो सिजनमा सेन्ट नेभिस एण्ड पेट्रियट्सबाट ५ हजार डलरमा खेलेका सन्दीपको मूल्य यो सिजनमा एकाएक बढेको हो ।

पछिल्लो एक वर्ष विश्वका ठूला फ्रेन्चाईज लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा उपस्थित गराउँदै आएका सन्दीपका लागि यो सिजनको सीपीएलका लागि बार्बाडोजले ७० हजार अमेरीकी डलरको मूल्य तिरेको हो ।

नेपाली राष्ट्रिय टोलीसँगै सन्दीपले विभिन्न लिगहरुमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । सन्दीपले अघिल्लो सिजनमा पेट्रियट्सबाट ५ खेल खेलेर १ सय ६ रन खर्चिदै ७ विकेट लिएका थिए ।

सन्दीपले २०१८–०१९ को सिजनमा अस्ट्रेलियाको बीग बास लिग (बीबीएल) मेलबर्न स्टार्सबाट खेलेका थिए ।

त्यस्तै, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग हुँदै आईपीएलमा आफ्नो दोस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाटै खेलेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ०५ बजे

भत्काइएका सडक दुई दिनभित्र पुनर्स्थापना गर्न सडक डिभिजनको पत्र 

काठमाडौं– सडक डिभिजन काठमाडौँले फुटपाथ विस्तार रोकेर जुद्ध सालिक क्षेत्रमा

अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो

सन्दीपलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलायो

काठमाडौं– क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि अमेरिकी

उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र

खेलकुदमन्त्री श्रेष्ठले गरे टीयू क्रिकेट मैदानको निरीक्षण

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले किर्तिपुरस्थित टीयू क्रिकेट