बार्बाडोजसँगको आवद्द्धतासँगै सन्दीपले लेखे- नयाँ परिवारमा सामेल हुन आतुर « Khabarhub

बार्बाडोजसँगको आवद्द्धतासँगै सन्दीपले लेखे- नयाँ परिवारमा सामेल हुन आतुर


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा छनोट भएसँगै नयाँ परिवारमा सामेल हुन आतुर रहेको जनाएका छन् ।

सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा आवद्ध गरेसँगै सन्दीपले  टोलीमा सामेल हुन आतुर रहेको जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘ म नयाँ परिवारमा सामेल हुनका लागि पर्खिन सक्दिनँ । सवैलाई धन्यवाद जसले मेरा लागि माया र सद्भाव देखाउनुभयो । जय नेपाल ।’

अघिल्लो सिजनमा सेन्ट नेभिस एण्ड पेट्रियट्सबाट ५ हजार डलरमा खेलेका सन्दीपको मूल्य यो सिजनमा एकाएक बढेको हो ।

पछिल्लो एक वर्ष विश्वका ठूला फ्रेन्चाईज लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा उपस्थित गराउँदै आएका सन्दीपका लागि यो सिजनको सीपीएलका लागि बार्बाडोजले ७० हजार अमेरीकी डलरको मूल्य तिरेको हो ।

नेपाली राष्ट्रिय टोलीसँगै सन्दीपले विभिन्न लिगहरुमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । सन्दीपले अघिल्लो सिजनमा पेट्रियट्सबाट ५ खेल खेलेर १ सय ६ रन खर्चिदै ७ विकेट लिएका थिए ।

सन्दीपले २०१८–०१९ को सिजनमा अस्ट्रेलियाको बीग बास लिग (बीबीएल) मेलबर्न स्टार्सबाट खेलेका थिए ।

त्यस्तै, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग हुँदै आईपीएलमा आफ्नो दोस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाटै खेलेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ०५ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको