आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुन्छ : मन्त्री विष्ट « Khabarhub

आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुन्छ : मन्त्री विष्ट


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बुटवल– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको आगामी ५ वर्षभित्र अन्त्य हुने बताएका छन् ।

मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्न तीनवटै तहका सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा बुटवलमा बुधवार आयोजना गरेको प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारको प्रथामिकतामा अन्तरिक रोजगार रहेका बताएका हुन् ।

मन्त्री विष्टले सो कार्यक्रम कार्यान्वयनका लागि ७ सय ५३ वटा स्थानमा रोजगार संयोजक छनोट भइसकेको र अब बेरोजगारीका पहिचान गरेर रोजगारी दिने काम गरिने बताए । उनले भने, ‘नेपालको इतिहासमै पहिलोपटक निष्पक्ष ढगंले परीक्षा प्रणाली बनाएर रोजगार संयोजक छनोट गर्‍यौं । रोजगारी र सामाजिक न्याय नपाएका जनतालाई केन्द्रित गरी कार्यक्रम कार्यान्वयन हुन्छ ।’

शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना बनेकाले वर्षेनी झण्डै ५ लाख युवा जनशक्ति बाहिरिएको र यो जनशक्ति रोक्न रोजगारी सिर्जना गर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रधानमन्त्री रोजगार कार्यक्रमले युवामा आशा जगाइरहेको बताएका थिए । नेपालको श्रम बजारमा हरेक वर्ष तयार हुने ५ लाख युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नका लागि रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मा तीनै तहको सरकारलाई थपिएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि केन्द्रीय, प्रदेश र स्थानीय तहबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रदेशको तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १० : ५५ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका