आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुन्छ : मन्त्री विष्ट « Khabarhub

आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुन्छ : मन्त्री विष्ट


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बुटवल– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको आगामी ५ वर्षभित्र अन्त्य हुने बताएका छन् ।

मन्त्री विष्टले रोजगारी देशको प्रमुख मुद्दा बनेकाले बेरोजगारी न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्न तीनवटै तहका सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धमा बुटवलमा बुधवार आयोजना गरेको प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारको प्रथामिकतामा अन्तरिक रोजगार रहेका बताएका हुन् ।

मन्त्री विष्टले सो कार्यक्रम कार्यान्वयनका लागि ७ सय ५३ वटा स्थानमा रोजगार संयोजक छनोट भइसकेको र अब बेरोजगारीका पहिचान गरेर रोजगारी दिने काम गरिने बताए । उनले भने, ‘नेपालको इतिहासमै पहिलोपटक निष्पक्ष ढगंले परीक्षा प्रणाली बनाएर रोजगार संयोजक छनोट गर्‍यौं । रोजगारी र सामाजिक न्याय नपाएका जनतालाई केन्द्रित गरी कार्यक्रम कार्यान्वयन हुन्छ ।’

शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना बनेकाले वर्षेनी झण्डै ५ लाख युवा जनशक्ति बाहिरिएको र यो जनशक्ति रोक्न रोजगारी सिर्जना गर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रधानमन्त्री रोजगार कार्यक्रमले युवामा आशा जगाइरहेको बताएका थिए । नेपालको श्रम बजारमा हरेक वर्ष तयार हुने ५ लाख युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नका लागि रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मा तीनै तहको सरकारलाई थपिएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि केन्द्रीय, प्रदेश र स्थानीय तहबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रदेशको तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १० : ५५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते