सुतिरहेको समयमा घरमा आगो लाग्दा एकै परिवारका ३ जनाको जलेर मृत्यु « Khabarhub

सुतिरहेको समयमा घरमा आगो लाग्दा एकै परिवारका ३ जनाको जलेर मृत्यु


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बैतडी– सुतिरहेको समयमा घरमा आगो लाग्दा बैतडीमा बुधबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–७ बसर्पाकमा दलित परिवारका ३ जना सदस्यको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा पुर्चौंडाी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र ८ वर्षीया छोरा मनोज छन् ।

कुवाकोट घर भए पनि बसपार्कमा टहरा बनाएर बस्दै आएको लुहार परिवार बुधबार बेलुकाको खाना खाएर सुतेको थियो । बेलुकाको खाना पकाउन अगेनामा बालेको आगो ननिभाएका कारण सोही आगो सल्केर घरमा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भए पनि उनीहरूलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : ११ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि