कुनै पनि हालतमा बक्स अफिस लागू हुन्छ – सञ्चारमन्त्री बाँस्कोटा « Khabarhub

कुनै पनि हालतमा बक्स अफिस लागू हुन्छ – सञ्चारमन्त्री बाँस्कोटा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइल तस्वीर


काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जुनै पनि हालतमा नेपालभर बक्स अफिस लागू हुने बताएका छन् । मंगलवार राजधानीमा चलचित्र पत्रकार संघ, नेपालले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

फिल्मकर्मीले समयमा फिल्म सिटी नबनेको र बक्स अफिस पनि ‘नाम मात्रको बक्स अफिस’ भएको आरोप लगाइरहँदा सञ्चारमन्त्री बाँस्कोटाले भने छिट्टै नै नेपालभर बक्स अफिस लागू गर्ने जिकिर गरे । ‘म विनम्रतापूर्वक र दृढताका साथ भन्छु, बक्स अफिस राखेरै छोड्छौँ,’ उनले भने ।

उनले लगानी गर्ने निर्माता हुने तर फिल्म निर्माणपछि कसैलाई पनि सन्तुष्टि नहुने आफूले सुनेको बताए । साथै आफू सेन्सर बोर्डमा अहिलेसम्म नगएको र कतिपय काम चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई गर्न निर्देशन दिएको उनले बताए । ‘पिलो निचोर्नुहुन्छ भने दुख्छ, यो क्षेत्रको सुधार चाहनुहुन्छ भने सहनूस्, यहाँ हरेकले आफ्नो अधिकारीको निम्ति सङ्घर्ष गर्छ,’ बाँस्कोटाले भने ।

साथै उनले नेपाली फिल्म कम्तिमा पनि ६ महिना चल्नुपर्ने धारणा राखे । नेपाली चलचित्रले आफ्नो देशको कथा र संस्कृतिको मतलब नगरेको भन्दै यसमा ध्यान पु–याउन फिल्मकर्मीलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : ४८ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको