भाजपाको जितको स्वागत गर्न ठाउँठाउँमा जुलुस « Khabarhub

भाजपाको जितको स्वागत गर्न ठाउँठाउँमा जुलुस


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा भएको निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने भएपछि भाजपा कार्यकर्ताले ठाउँठाउँमा जुलुस निकालेका छन् ।

भाजपाका कार्यकर्ता तथा समर्थकले दिल्लीमा रहेको पार्टी मुख्यालय तथा विभिन्न शहरका चोक चोकमा विजयी जुलुस निकालेका हुन् । त्यस्तै, सामाजिक सञ्जालमा पनि भाजपाका नेताहरुले एक अर्कालाई बधाई तथा शुभकामना साटिरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३ सय ४५ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, काँग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल ९० सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक विश्वका नेताहरुले समेत प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन शुरु गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ३ : १६ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला