बेरोजगार युवालाई सरकारले दिने जागिर मौसमी कार्यक्रम ! | Khabarhub Khabarhub

बेरोजगार युवालाई सरकारले दिने जागिर मौसमी कार्यक्रम !


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले चालु आर्थिक वर्षदेखि आन्तरिक श्रम बजारभित्रै बरोजगारी युवा–युवतीलाई रोजगार उपलब्ध गराउने योजना अघि सारेको छ ।

जसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘प्रधानमन्त्री रोजगार कार्याक्रम’ सञ्चालनमा ल्याएको छ । यो कार्यक्रममार्फत चालु आर्थिक वर्षभित्र १ लाख ७ हजार युवा स्थानीयस्तरका निर्माणधीन परियोजना, निर्माण कम्पनी, स्थानीयस्तरका प्रतिष्ठानमा काम लगाउने तयारी मन्त्रालयले गरिरहेको छ । सीमित अवधिका लागि भएपनि युवालाई काम दिने सरकारी तयारी छ । जसका लागि ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा विनियोजित बजेट स्थानीय तहमा हस्तान्तरण भइसकेको छ ।

श्रम मन्त्रालयले नै डेढ महिनाका लागि धेरै क्षेत्रमा एक लाखभन्दा बढी युवालाई रोजगारी दिने योजना अघि बढाएको छ । जसका आधारमा पनि देशभित्रै रोजगारीका अवसर प्रसस्तै भएको अनुमान लगाउन सकिन्छ । आन्तरिक श्रम बजारभित्र होटल पर्यटन, रात्रिकाालिन मनोरञ्जनका, निर्माण क्षेत्र, उद्योग, प्रतिष्ठान, कलकारखाना, विद्यालय र अन्य क्षेत्रमा रोजगारी दिने मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले देशभित्र काम गर्न चाहने युवालाई रोजगारीको वातावरण मिलाइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले बताए । ‘देश भित्रको रोजगारीप्रति युवाको आकर्षण कम देखिन्छ । आफनै देशमा राम्रै रोजगारी पाएपनि गर्ने नरुचाउन गरेको देखिन्छ,’ संयोजक दाहालले भने, ‘यहाँ समस्या रोजगारीमा होइन देखासिकी र आचारणको छ । विदेशमा गएर १२ घन्टा काम गर्न पछि नपर्ने युवा देशभित्र ५ घन्टा पनि काम गर्न चाहाँदैनन् ।’ नेपालमा धेरै मौसमी काम रहेको भन्दै उनले यसलाई सदाबहादर कसरी बनाउन सकिन्छ भन्ने योजना सरकारले बनाउँदै गरेको बताए ।

आन्तरिक श्रम बजारमा रोजगारीका सम्भावना प्रसस्तै रहेको रोजगारदाता कम्पनी र आन्तरिक श्रम बजारमा कामदार आपूर्ति गदै आएका आपूर्तिकर्ता संस्थाले बताएका छन् । तर, देशभित्रको रोजगारीका लागि माग भएजति युवाजमतको आकर्षण नहुने गरेको रोजगारदाता र आपूर्तिकर्ता संस्थाले बताउदै आएका छन् । देश भित्र पाएको काम गर्नुभन्दा विदेशी जानुपर्छ भने भावाना हाम्रा युवामा रहेको सुरक्षा आपूर्ति संघका अध्यक्ष उद्धवराज ढालाकोटीले बताए । देशभित्रै पनि रोजगारीका अवसर धेरै रहेको उनले बताए । ‘नेपालमा काम गर्नुभन्दा विदेशमा गएर जोखिम मोलेर काम गर्नुपर्छ भने भावाना हाम्रा युवासँग छ,’ ढालाकोटीले भने, ‘यस्तो भावानाको अन्त्य गर्नुपर्छ । देशको जागिर छोडेर विदेश जाने प्रथा जस्तै भएको छ । यसको अन्त्य गर्नुपर्छ ।’ विदेशमा जस्तोसुकै काम गर्ने चाहने देशभित्र भने स्तरीय काम खोज्न प्रविधि रहेको उनको भनाई छ ।

पछिल्लो समय देशभित्रको रोजगारीभन्दा पनि नेपाली युवाको लागि वैदेशिक रोजगारीमा भविष्य राम्रो देख्न थालेको उनको तर्क छ । देशभित्र अरु जागरि भएपछि मौसम रोजगारी भन्द युवा नगर्ने गरेको रोजगारदाता कम्पनीले बताउदै आएका छन् ।

एक स्थानीय तहमा २ सयलाई जागिर

श्रम मन्त्रालयले हाल ७ सय ५३ स्थानीय तहमै रोजगारी दिने लक्ष्यका साथ रोजगारका धेरै क्षेत्र पहिचान गरेको छ । एउटा स्थानीय तहबाट २ सय जनाभन्दा धेरै युवाका लागि रोजगारी निर्माण गर्ने तयारी सरकारको छ । जसका लागि २ अर्ब ३६ करोड ७१ लाख ६९ हजार रुपैयाँ बजेट स्थानीय तहमा पठाइसकेको श्रम मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले जानकारी दिएको छ ।

बेरोजगार नागरिकको तंथ्याकका रोजगार सूचना केन्द्रमार्फत अहिले संकलन भइरहेको छ । यही सूचीका आधारमा नयाँ रोजगारीका लागि क्षेत्र पहिचान गर्ने सरकारको तयारी छ । प्रत्येक स्थानीय तहमा स्थापना भएका रोजगार सूचना केन्द्रमार्फत बेरोजगार युवाको तंथ्याक संकलन गरेर रोजगारी दिन लागिएको मन्त्रालयले जनाएको छ । देशभित्र पाउने मौसमी रोजगारीका कारण पनि युवा स्वदेशमै काम गर्नुपर्छ भने भावानाको विकास नभएको पाइन्छ ।

सरकारले श्रमिकको हकअधिकार स्थापित गर्ने श्रम ऐन र नियमावाली ल्याएपनि कायान्वर्यनको पाटो फितलो हुदाँ देशभित्रको रोजगारीमा युवाको आकर्षण कम हुने गरेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए । उनले भने, ‘सरकारले लोकप्रियताका लागि रोजगारीका अवसर सिर्जना गर्ने नारा मात्र लगाउने गरेको छ । मौसमी जागरी दिएर युवालाई राज्यले अल्मलाउन खोज्दा युवाको आकर्षण देशभित्रको रोजगारीमा घटिरहेको छ ।’

देशभित्र काम गर्ने श्रमिकले रोजगारीसँग आफनो भविष्यसँग जोडिएका विषयमा ग्यारेन्टी खोजिरहेको ट्रेड युनियन संगठनको भनाई छ ।

सरकारलाई आन्तरिक रोजगारीलाई व्यवस्थापन गर्ने श्रम आयोग र श्रम अदालत गठन गर्नुपर्ने उनीहरुको माग छ । श्रम अदालत नहुदाँ श्रमिक मुद्धा ओझलमा परिरहेको यूनियनको बुझाइ छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : ५२ बजे

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख

जब घरमा पाल्न ल्याएको सिंहले मालिकलाई नै खाइदियो

नजाफ, इराक – इराकको कुफा शहरमा एक हृदयविदारक घटना भएको

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

सिरहा– यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज

कांग्रेसको कोटाबाट गभर्नर बन्ने तयारीमा रहेका पौडेलविरुद्ध पनि रिट

काठमाडौं- पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंकका गभर्नरको चर्चामा देखिएका