मोदीको अगाडि किन टिकेनन् विपक्षी ? « Khabarhub

मोदीको अगाडि किन टिकेनन् विपक्षी ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सञ्जीव श्रीवास्तव

पूरै भारतको चुनावी नतिजाबारे कुरा गर्ने हो भने सबैभन्दा महत्वपूर्ण प्रमाणित भएको क्षेत्र हो पश्चिम बंगाल ।  पश्चिम बंगालमा अल्पकसंख्यकलाई खुसी पर्ने सबैभन्दा ठूलो मुद्दा रहेको छ ।

ममता बेनर्जीको छवी अल्पसंख्यकलाई रिझाउने नेताको रुपमा बनेको थियो । तर दुर्गा पूजा तथा माहर्रमको जूलुसलाई लिएर भएको विवादका कारण यसको हानी उनको पाटीलाई उठाउनु परेको छ ।

ध्रुवीरणको माहोलमा ठूलो संख्यामा हिन्दू मतदाता बीजेपी तर्फ लागेका छन् ।

पश्चिम बंगालमा बीजेपीको बलियो उपस्थितिको एक अर्को कारण वामपन्थी दल पूर्ण रुपमा कमजोर हुनु पनि हो ।

वामदलको भोट प्रतिशत खस्किएर ६ प्रतिशत सम्म आएको छ । वामपन्थी दलका धेरैजसो कार्यर्ताले यसपटक बीजेपीको पक्षमा मतदान गरेका छन् ।

अब महत्वपूर्ण विषय यो हुनेछ कि बीजेपीको निशानमा ममता बेनर्जी हुनेछिन् । उनी बीजेपीको पहिलो निशानामा हुने निश्चित छ ।
अर्को तर्फ राजस्थान, मध्यप्रदेश तथा छत्तीसगढ जस्ता प्रदेशको कुरा गर्ने हो भने त्यहाँ विधानसभा चुनावमा स्थानीय मुद्दा हावी रहेपनि राष्ट्रिय चुनावमा भने मानिसले कांग्रेसलाई नकारेका छन् ।

जहाँ जहाँ कांग्रेस बीजेपीको मुख्य प्रतिस्पर्धामा थियो त्यही सीटमा कसैले पनि बीजेपीलाई टक्कर दिन सकेको छैन ।

मध्य प्रदेश, राजस्थान तथा गुजरातमा कांग्रेस पत्तासाफ जस्तै भएको छ । मात्र पञ्जावमा क्याप्टेन अमरिंदर सिंह बीजेपी र अन्य सहयोगी दललाई टक्कर दिन सक्षम भएका छन् ।

महाराष्ट्र तथा बिहारको नजितालाई विश्लेषण गर्ने हो भने सबै विश्लेषणहरु नाकाम भएका छन् । दुबै राज्यमा कांग्रेस गठबन्न गरेको छ तर यसले केही असर पारेको छैन ।

यो चुनावलाई लिएर भएका सबै पूर्व विश्लेषणहरु गलत सावित भएका छन् ।

‘कसैले विकल्प नै दिन सकेनन्’

चाहे जति अमित शाह र नरेन्द्र मोदीको स्तुति गान गर्नुहोस् र राहुल गान्धीलाई जति आलोचना गर्नुहोस् तर एक बिन्दूमा गएर यसको कुनै मतलब हुने छैन ।

वास्तवमा विपक्षी दलले जनतालाई मोदीको विकल्प नै दिन सकेनन् ।

विगत पचास वर्षमा यो पहिलो पटक दिल्लीमा कुनै सरकार दोस्रो पटक पूर्ण बहुमतका साथ सत्तामा आउँदैछ ।

पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुपछि यो पहिलो पटक भएको हो । जहाँ कुनै प्रधानमन्त्री पूर्ण बहुमत लिएर पुनः सत्तामा फर्किएका छन् ।
शरद यादव, शरद पवार, तेजस्वी यादव, अखिलेश यादव या मायावती जस्ता विपक्षी दलका नेता आफ्नो आफ्नो क्षेत्रको मठाधीश बनिरहे र मादीको विकल्प दिन पूर्ण रुपमा असफल भए ।

बीजेपीले हिन्दू राष्ट्रवादको विचारधारालाई अगाडि लगिरहेको छ । तर विपक्षी भने यससँग सिधा प्रतिस्पर्धा गर्न असफल भए ।

विपक्षी सिधा यस मुद्दासँग भीडन्त गर्नुको सट्टा दायाँबायाँ घुमिरहे ।

यसको ठूलो सन्देश के भयो भने देशले मोदी र उनको विचारधारलाई स्वीकार गरिएको छ ।

यो चुनावले भारतलाई विभाजित गरेको छ र अब नरेन्द्र मोदीको अगाडि देशलाई एक साथ लिएर जाने चुनौती पनि हुनेछ ।

(बीबीसी हिन्दीमा वरिष्ठ पत्रकार श्रीवास्तवले गरेको विश्लेषणको भावानुवाद)

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ४२ बजे

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ