सुरक्षाको माग राख्दै कर्मचारी आन्दोलित, मेयरलाई कारबाहीको माग « Khabarhub

सुरक्षाको माग राख्दै कर्मचारी आन्दोलित, मेयरलाई कारबाहीको माग


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरीले कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीहरु काम ठप्प पार्दै आन्दोलित भएका हुन् ।

उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले उपमेयर लक्ष्मी गौतम र प्रमुख प्रशासकीय अधिकृत केशव विमलीलाई ज्ञापन पत्र बुझाए । मेयरको गतिविधिले काम गर्न असुरक्षित भएको भन्दै कर्मचारीहरुले सुरक्षित काम गर्ने वातावरण बनाउन माग गरेका छन् । उनीहरुले कर्मचारी कुटपिट गर्ने मेयरलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।

यता, ज्ञापन पत्र बुझ्दै उपमेयर लक्ष्मी गौतमले अप्रिय घटना भएको भन्दै दुःख व्यक्त गरिन् । उनले भनिन, ‘अबका दिनमा यस्ता घटना घट्दैनन्, ढुक्क हुनुस् शान्तिपूर्ण काम गर्ने वातावरण तयार हुन्छ ।’

बुधबार मेयर द्वारिकलाल चौधरीले पैसा लिएर काम गरेको भन्दै सब इन्जिनियर राम बहादुर खड्कालाई बर्खास्त गरेका थिए । यस्तै वडा नम्बर १९का वडा सचिव मनोज दहाललाई कुटपिट गरेका थिए । घरनक्सा फाँटका कर्मचारी खड्काले सेवाग्राहीको काम गरिदिए बापत पैसा लिएको मेयरको आरोप छ ।

यता, कर्मचारी बर्खास्त र कुटिपिटको बारेमा कुराकानी गर्न गएका दुई पत्रकारलाई पनि मेयर चौधरीले दुव्र्यवहार गरेका थिए । पत्रकार विकल रेग्मी र कृष्ण भट्टराईलाई दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेर विरोध जनाएको छ । महासंघले दुव्र्यवहार गर्ने मेयरले माफी माग्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ५ : ५२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर