इन्टिलिजेन्सको सूचनाका आधारमा ३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै अख्तियार « Khabarhub

इन्टिलिजेन्सको सूचनाका आधारमा ३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै अख्तियार


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले ‘विश्वविद्यालयमा बेथिति नै बेथति’ शीर्षकमा मुख्य समाचार छापको छ । पाँच वटा विश्वविद्यालयमा देखिएका अनियमितताका विषयमा पत्रिकाले समाचार छापेको छ ।

त्रिभुवन विश्वविद्यालयमा हचुवामा प्राध्यापक नियुक्त, उच्च अधिकारी अख्तियारको फन्दामा र सम्बन्धन नवीकरणमा आलटाल देखिएको समाचारमा उल्लेख छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी केन्द्रमै बस्ने गरेको, जग्गा अतिक्रमण हुँदा पनि चुपचाप लागेको, पीएचडीका कार्यक्रम काठमाडौंमा मात्रै सीमित भएको लगायतका अनियमितता देखिएको समाचारमा उल्लेख छ ।

पोखरा विश्वविद्यालयमा शिक्षण संस्थाको नवीकरणमा आलटाल, हचुवाका भरमा विद्यार्थी भर्ना लगायतका बेथिति देखिएको जनाइएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा निजी कलेजलाई धमाधम सम्बन्धन दिइएको, कृषि फार्म सञ्चालनमा मितव्ययी नभएको लगायतका आरोप छन् भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लेखा नीतिको संकट रहेको जनाइएको छ ।

त्यसैगरी पत्रिकाले ‘तात्यो अख्तियार, तीन सय कर्मचारीको सम्पत्ति छानविन’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झण्डै तीन सय कर्मचारीको सम्पत्तिमाथि छानविन थालेको छ । अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्ति छानविन थालेको हो ।

अख्तियार स्रोतका अनुसार कर्मचारीका अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति  र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीको सम्पत्तिमाथि छानविन थालिएको हो ।

भन्सार, राजस्व र लेखामा जागिर खाएका कर्मचारीले अवैध रुपमा आर्जन गरेको नगद सम्पत्ति हुण्डीमार्फत भारत, अस्ट्रेसिलया तथा युरोपसम्म पठाउने गरेकाले छानविन गर्न कठिन भएको अख्तियारले जनाएको छ ।

त्यसैगरी पत्रिकाले नेपाल–चीन व्यापार सम्झौता पुनरावलोकनको तयारी थालिएको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । ४० नेपाली वस्तुमा ड्यूटी फ्री गर्न पहल गरिने समाचारमा जनाइएको छ ।  वैदेशिक  ऋणमा निराशाजन खर्च देखिएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ११ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु