इन्टिलिजेन्सको सूचनाका आधारमा ३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै अख्तियार | Khabarhub Khabarhub

इन्टिलिजेन्सको सूचनाका आधारमा ३०० कर्मचारीको सम्पत्ति छानबिन गर्दै अख्तियार


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले ‘विश्वविद्यालयमा बेथिति नै बेथति’ शीर्षकमा मुख्य समाचार छापको छ । पाँच वटा विश्वविद्यालयमा देखिएका अनियमितताका विषयमा पत्रिकाले समाचार छापेको छ ।

त्रिभुवन विश्वविद्यालयमा हचुवामा प्राध्यापक नियुक्त, उच्च अधिकारी अख्तियारको फन्दामा र सम्बन्धन नवीकरणमा आलटाल देखिएको समाचारमा उल्लेख छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी केन्द्रमै बस्ने गरेको, जग्गा अतिक्रमण हुँदा पनि चुपचाप लागेको, पीएचडीका कार्यक्रम काठमाडौंमा मात्रै सीमित भएको लगायतका अनियमितता देखिएको समाचारमा उल्लेख छ ।

पोखरा विश्वविद्यालयमा शिक्षण संस्थाको नवीकरणमा आलटाल, हचुवाका भरमा विद्यार्थी भर्ना लगायतका बेथिति देखिएको जनाइएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा निजी कलेजलाई धमाधम सम्बन्धन दिइएको, कृषि फार्म सञ्चालनमा मितव्ययी नभएको लगायतका आरोप छन् भने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लेखा नीतिको संकट रहेको जनाइएको छ ।

त्यसैगरी पत्रिकाले ‘तात्यो अख्तियार, तीन सय कर्मचारीको सम्पत्ति छानविन’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झण्डै तीन सय कर्मचारीको सम्पत्तिमाथि छानविन थालेको छ । अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पत्ति छानविन थालेको हो ।

अख्तियार स्रोतका अनुसार कर्मचारीका अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति  र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीको सम्पत्तिमाथि छानविन थालिएको हो ।

भन्सार, राजस्व र लेखामा जागिर खाएका कर्मचारीले अवैध रुपमा आर्जन गरेको नगद सम्पत्ति हुण्डीमार्फत भारत, अस्ट्रेसिलया तथा युरोपसम्म पठाउने गरेकाले छानविन गर्न कठिन भएको अख्तियारले जनाएको छ ।

त्यसैगरी पत्रिकाले नेपाल–चीन व्यापार सम्झौता पुनरावलोकनको तयारी थालिएको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । ४० नेपाली वस्तुमा ड्यूटी फ्री गर्न पहल गरिने समाचारमा जनाइएको छ ।  वैदेशिक  ऋणमा निराशाजन खर्च देखिएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ११ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा