सशस्त्र प्रहरीको टोलीले लखेटेपछि मोटरसाइकल चालक भारततिरै भागे « Khabarhub

सशस्त्र प्रहरीको टोलीले लखेटेपछि मोटरसाइकल चालक भारततिरै भागे


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– भारतीय सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा एक थान पेस्तोल बरामद गरेको छ ।

गस्तीमा रहेको प्रहरीको टोलीले चेकजाँच गरिरहेका बेला मोटरसाइकलमा आएका एक जनाले पेस्तोल झाडीमा फालेर भारततिर भागेका हुन् । उनले प्रहरीको चेकजाँच भइरहेको देखेपछि पेस्तोल झाडीमा फालेर तत्कार भारतर्फ मोडिएको प्रहरीले जनाएको छ ।

उनलाई सशस्त्रको टोलीले पिछा गरेपनि उनलाई टोलीले पक्राउ गर्न सकेन । उनी भारततर्फ भागेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइल चेकजाँचको क्रममा पेस्तोल बरामद गरेको हो ।

बरामद पेस्तोल सशस्त्रले जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।  भातरीय सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्न सशस्त्र प्रहरीको टोलीले चेकजाँचमा कडाइ गरेको छ भने गस्तीलाई पनि बढावा दिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ३९ बजे

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ