सशस्त्र प्रहरीको टोलीले लखेटेपछि मोटरसाइकल चालक भारततिरै भागे « Khabarhub

सशस्त्र प्रहरीको टोलीले लखेटेपछि मोटरसाइकल चालक भारततिरै भागे


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– भारतीय सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा एक थान पेस्तोल बरामद गरेको छ ।

गस्तीमा रहेको प्रहरीको टोलीले चेकजाँच गरिरहेका बेला मोटरसाइकलमा आएका एक जनाले पेस्तोल झाडीमा फालेर भारततिर भागेका हुन् । उनले प्रहरीको चेकजाँच भइरहेको देखेपछि पेस्तोल झाडीमा फालेर तत्कार भारतर्फ मोडिएको प्रहरीले जनाएको छ ।

उनलाई सशस्त्रको टोलीले पिछा गरेपनि उनलाई टोलीले पक्राउ गर्न सकेन । उनी भारततर्फ भागेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइल चेकजाँचको क्रममा पेस्तोल बरामद गरेको हो ।

बरामद पेस्तोल सशस्त्रले जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।  भातरीय सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई रोक्न सशस्त्र प्रहरीको टोलीले चेकजाँचमा कडाइ गरेको छ भने गस्तीलाई पनि बढावा दिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ३९ बजे

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)