दलालमार्फत केन्यामा बेचिएका दर्जनौं चेलीको चित्कार… « Khabarhub

दलालमार्फत केन्यामा बेचिएका दर्जनौं चेलीको चित्कार…


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मानव तस्करले दर्जनौं नेपाली चेलीलाई केन्यामा बन्दक बनाएर यौन धन्दामा लाग्न बाध्य पारेको समाचार सार्वजनिक भएको छ ।

नेपालबाट अवैध बाटो प्रयोग गरी  मानव तस्करी हुने गरेको समाचार सार्वजनिक भइरहेका बेला अफ्रिकी मुलुक केन्यामा दर्जनौं नेपाली चेलीलाई यौन धन्दामा लाग्न बाध्य पारेको त्यहाँको ‘डेली नेसन’ अखबारले खुलासा गरेको हो ।

उक्त पत्रिकाले जनाएअनुसार राजधानी मोम्बासा र अन्य सहरमा दर्जनौं नेपाली चेलीले नारकीय जीवन बिताइरहेका छन् । विभिन्न प्रलोभनमा दलालको पन्जामा फसेकी ती नेपाली महिलाहरु केन्या पुगेपछि त्यहाँका विभिन्न कोठीमा पुर्‍याइएको समाचारमा जनाइएको छ ।

यौन पेशामा लाग्न बाध्य पारिएका नेपाली चेलीहरुकोको विषयसमा विस्तृत नखुलाइए पनि पत्रिकाले किशोरी देखि विबाहिता महिलासम्म रहेको उल्लेख गरेको छ । नेपाली एक दलालले उनीहरुलाई त्यहाँ मोटो रकममा बेचेर यौन दासी बनाउन बाध्य पारिएको रिपोर्ट शनिबार उक्त पत्रिकाले छापेको थियो ।

समाचारमा जनाइए अनुसार ती नेपाली चेलीहरुलाई कोठीमा पुर्‍याएपछि उनीहरुको राहदानी जफत गरिन्छ । उनीहरुलाई सूचना तथा सञ्चार क्षेत्रबाट बन्चित पारिन्छ उनीहरुको साथमा रहेका मोबाइल समेत खोसिदिने गरको समाचारमा उल्लेख छ । नर्तकीका रुपमा समेत भनेर लगिएका ती नेपाली चेलीहरुलाई यौनधन्दामा लगाएर त्यहाँका मालिकले मोटो रकम असुल्ने गरेको उल्लेख छ ।

उनीहरुले यस्तो अवैध धन्दाबाट मासिक ४ लाख केन्यान सिलिङ (केन्याली मुद्रा) भन्दा बढी कमाइ गर्ने भएपनि उनीरुले भने त्यसको एक अंश पनि नपाउने गरेको समाचारमा उल्लेख छ । पछिल्लो समय केन्या अवैध यौनधन्दाको ट्रान्जिट बनेको समेत समाचारले जनाएको छ । गत अप्रिलमा एक डान्सबारमा प्रहरीले छापा मार्दा अवैध धन्दामा संलग्न भएको आरोपमा १२ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : १८ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध