दलालमार्फत केन्यामा बेचिएका दर्जनौं नेपाली चेलीको चित्कार « Khabarhub

दलालमार्फत केन्यामा बेचिएका दर्जनौं नेपाली चेलीको चित्कार


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव तस्करले दर्जनौं नेपाली चेलीलाई केन्यामा बन्दक बनाएर अवैध धन्दामा लाग्न बाध्य पारेको समाचार सार्वजनिक भएको छ ।

नेपालबाट अवैध बाटो प्रयोग गरी यूरोपियन मुलुकमा मानव तस्करी हुने गरेको समाचार सार्वजनिक भइरहेका बेला अहिले अफ्रिकी मुलुक केन्यामा दर्जनौं नेपाली चेलीलाई दासी जीवन विताउन बाध्य पारेको र उनीहरुलाई अवैध धन्दामा लगाइएको त्यहाँको ‘डेली नेसन’ अखबारले खुलासा गरेको हो ।

उक्त पत्रिकाले जनाएअनुसार राजधानी मोम्बासा र अन्य सहरमा दर्जनौं नेपाली चेलीले नारकीय जीवन बिताइरहेका छन् । विभिन्न प्रलोभनमा दलालको पन्जामा फसेकी ती नेपाली महिलाहरु केन्या पुगेपछि त्यहाँका विभिन्न कोठीमा पुर्‍याइएको समाचारमा उल्लेख छ ।

अवैध धन्दामा लाग्न बाध्य पारिएका नेपाली चेलीहरुकोको विषयसमा विस्तृत नखुलाइए पनि पत्रिकाले किशोरी देखि विबाहिता महिलासम्म रहेको उल्लेख गरेको छ । नेपाली एक दलालले उनीहरुलाई त्यहाँ मोटो रकममा बेचेर दासी बनाउन बाध्य पारिएको रिपोर्ट शनिबार उक्त पत्रिकाले छापेको थियो ।

समाचारमा जनाइए अनुसार ती नेपाली चेलीहरुलाई कोठीमा पुर्‍याएपछि उनीहरुको राहदानी जफत गरिन्छ । उनीहरुलाई सूचना तथा सञ्चार क्षेत्रबाट बन्चित पारिन्छ उनीहरुको साथमा रहेका मोबाइल समेत खोसिदिने गरको समाचारमा उल्लेख छ ।

नर्तकीका रुपमा समेत भनेर लगिएका ती नेपाली चेलीहरुलाई यौनधन्दामा लगाएर त्यहाँका मालिकले मोटो रकम असुल्ने गरेको उल्लेख छ ।

उनीहरुले यस्तो अवैध धन्दाबाट मासिक ४ लाख केन्यान सिलिङ (केन्याली मुद्रा) भन्दा बढी कमाइ गर्ने भएपनि उनीरुले भने त्यसको एक अंश पनि नपाउने गरेको समाचारमा उल्लेख गरिएको छ ।

गत अप्रिलमा एक डान्सबारमा प्रहरीले छापा मार्दा अवैध धन्दामा संलग्न भएको आरोपमा १२ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो । विभिन्न प्रलोभनमा फसेका यस्ता नेपाली चेली संरक्षण तथा उद्दारको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ४० बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा