दलालमार्फत केन्यामा बेचिएका दर्जनौं नेपाली चेलीको चित्कार « Khabarhub

दलालमार्फत केन्यामा बेचिएका दर्जनौं नेपाली चेलीको चित्कार


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव तस्करले दर्जनौं नेपाली चेलीलाई केन्यामा बन्दक बनाएर अवैध धन्दामा लाग्न बाध्य पारेको समाचार सार्वजनिक भएको छ ।

नेपालबाट अवैध बाटो प्रयोग गरी यूरोपियन मुलुकमा मानव तस्करी हुने गरेको समाचार सार्वजनिक भइरहेका बेला अहिले अफ्रिकी मुलुक केन्यामा दर्जनौं नेपाली चेलीलाई दासी जीवन विताउन बाध्य पारेको र उनीहरुलाई अवैध धन्दामा लगाइएको त्यहाँको ‘डेली नेसन’ अखबारले खुलासा गरेको हो ।

उक्त पत्रिकाले जनाएअनुसार राजधानी मोम्बासा र अन्य सहरमा दर्जनौं नेपाली चेलीले नारकीय जीवन बिताइरहेका छन् । विभिन्न प्रलोभनमा दलालको पन्जामा फसेकी ती नेपाली महिलाहरु केन्या पुगेपछि त्यहाँका विभिन्न कोठीमा पुर्‍याइएको समाचारमा उल्लेख छ ।

अवैध धन्दामा लाग्न बाध्य पारिएका नेपाली चेलीहरुकोको विषयसमा विस्तृत नखुलाइए पनि पत्रिकाले किशोरी देखि विबाहिता महिलासम्म रहेको उल्लेख गरेको छ । नेपाली एक दलालले उनीहरुलाई त्यहाँ मोटो रकममा बेचेर दासी बनाउन बाध्य पारिएको रिपोर्ट शनिबार उक्त पत्रिकाले छापेको थियो ।

समाचारमा जनाइए अनुसार ती नेपाली चेलीहरुलाई कोठीमा पुर्‍याएपछि उनीहरुको राहदानी जफत गरिन्छ । उनीहरुलाई सूचना तथा सञ्चार क्षेत्रबाट बन्चित पारिन्छ उनीहरुको साथमा रहेका मोबाइल समेत खोसिदिने गरको समाचारमा उल्लेख छ ।

नर्तकीका रुपमा समेत भनेर लगिएका ती नेपाली चेलीहरुलाई यौनधन्दामा लगाएर त्यहाँका मालिकले मोटो रकम असुल्ने गरेको उल्लेख छ ।

उनीहरुले यस्तो अवैध धन्दाबाट मासिक ४ लाख केन्यान सिलिङ (केन्याली मुद्रा) भन्दा बढी कमाइ गर्ने भएपनि उनीरुले भने त्यसको एक अंश पनि नपाउने गरेको समाचारमा उल्लेख गरिएको छ ।

गत अप्रिलमा एक डान्सबारमा प्रहरीले छापा मार्दा अवैध धन्दामा संलग्न भएको आरोपमा १२ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो । विभिन्न प्रलोभनमा फसेका यस्ता नेपाली चेली संरक्षण तथा उद्दारको पर्खाइमा रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ४० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर