वार्षिकोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्‍चालन « Khabarhub

वार्षिकोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्‍चालन


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सामुदायिक क्याम्पस मदन भण्डारी मेमोरियल कलेजले आफ्नो १८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार भक्तपुरको दधिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंबर ४, गाम्चास्थित दधिकोट स्वास्थ्य केन्द्रमा भएको सो स्वास्थ्य शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानको केन्द्रीय अस्पताल, तिलगङ्गाबाट तीन र भक्तपुर शाखाबाट आएका चार गरी सात जना आँखा विशेषज्ञले तीन सय चार स्थानीय वासिन्दाका आँखा निःशुल्क परीक्षण गरेका थिए । यसैगरी, समाज डेन्टल हस्पिटल, नयाँवानेश्वरको तर्फबाट आएका आठ जना दन्त विशेषज्ञले दुई सय नौ जना स्थानीय वासिन्दाका दाँत परीक्षण गरेका थिए ।

स्वास्थ्य शिविरको उद्घाटन सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापाले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डम्बर बहादुर हमालले उत्कृष्ट र गुणस्तरीय शिक्षाका लागि समर्पित सो कलेजले विगत वर्षहरूमा पनि समुदायसँग सहकार्य गरी विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको स्मरण गरे । उनले सो स्वास्थ्य परीक्षणमा संलग्न स्थानीय वासिन्दाको दाँत र आँखाको थप उपचार समाज डेन्टल हस्पिटल र तिलगङ्गा आँखा प्रतिष्ठानले निःशुल्क गर्ने समझदारी भएको पनि जानकारी दिए ।

आँखा र दाँत परीक्षण गराउन भक्तपुरका विभिन्न स्थानदेखि स्थानीय वासिन्दाहरू स्वास्थ्य शिविरमा आएका थिए । स्वास्थ्य परीक्षण गराउनेमा बालबालिकादेखि ज्येष्ठ नागरिकहरूसम्म थिए ।

मदन भण्डारी मेमोरियल कलेजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक र वातावरणीय चेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ । जननेता नेपालरत्न मदन भण्डारीको जन्मदिन पारी यो कलेजले हरेक वर्ष असार १४ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : १३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब