खानेपानीको समस्याले धारामा ताल्चा ! « Khabarhub

खानेपानीको समस्याले धारामा ताल्चा !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताए । मल्लले भने, ‘खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।’ उनका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ ।

‘अरु समयमा सधैँ ताल्चा लगाएर नै राख्ने गरिएको छ’, स्थानीयवासी तेजकुमारी वंशीले भने, ‘खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।’ उनका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् ।

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । ‘साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ’, स्थानीयवासी मीनकुमारी चन्दले भने ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : २९ बजे

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक