मलेसियामा काम गर्ने साढे ९ हजार विदेशी श्रमिक पक्राउ « Khabarhub

मलेसियामा काम गर्ने साढे ९ हजार विदेशी श्रमिक पक्राउ


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- मलेसियामा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने अभियान शुरु भएको छ । सन् २०१९ को ६ महिना मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका ९ हजार ६ सय ५४ जना पक्राउ गरेको जनाएको छ ।

मलेसियाको अध्यागमन विभागलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले पक्राउ पर्नेहरुमा सवैभन्दा धेरै ईण्डोनेसियाबाट रोजगारीमा आएका कामदार परेको जनाएका छन् ।

यसरी पक्राउ पर्नेहरुमा ६ महिनामा अवधिमा इण्डोनेसियनहरुका ३ हजार ७ सय ६७ जना अवैध रुपमा बसेका कामदार पक्राउ परेका छन् । यसैगरी म्यानमानरका २ हजार १ सय ५, बंगलादेशी १ हजार ५ सय ९४, भारतीय ५ सय २५ जना, भियतनामी २ सय ९४, पाकिस्तानी २ सय ६३, थाई २ सय २६, फिलिपिनो २ सय २२ जना रहेको अध्यागमनले जनाएको छ ।

यो अवधिमा नेपाली १ सय ९३ जना नेपाली पनि पक्राउ गरेको अध्यागमनले जनाएको छ । यस्तै नाइजेरियाका १ सय ५० तथा ३ सय १५ जना अन्य मुलुकका रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विगत ६ महिनामा मलेसिया सरकारले अवैध रुपमा बसेका विदेशी कामदारमाथि धेरै पटक धरपकड गरेको छ । यो अवधिमा १ लाखभन्दा धेरै विदेशी कामदारमाथि चेकजाँच गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ३२ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन