‘जात्रै जात्रा’ ले गर्‍यो वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन « Khabarhub

‘जात्रै जात्रा’ ले गर्‍यो वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सफलताका साथ छैटौँ हप्तामा चलिरहेको फिल्म ‘जात्रै जात्रा’ यो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले छैटौँ हप्तासम्म आइपुग्दा झण्डै ९ करोडको व्यापार गरेको निर्माण टिमले जनाएको छ ।

पाँचौं हप्तासम्म फिल्मले राजधानीबाट झण्डै ७ करोड बराबरको कलेक्सन गरेको हो भने मोफसलबाट २ करोडको व्यापार गरेको हो । यो ग्रस कलेक्सनमा युट्युबको कमाइ र विदेशबाट कमाएको कलेक्सन जोडिएको छैन । ‘फिल्मले नेपालभरका हलबाट मात्र ९ करोडको कलेक्सन गरेको छ, विदेशको शो हामीले जोडेका छैनौँ,’ निर्देशक प्रदीप भट्टराईले भने ।

यो फिल्म नेपालसँगै अस्ट्रेलियामा पनि रिलिज गरिएको थियो । पछिल्लो समयको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको ‘जात्रै जात्रा’ मा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ३६ बजे

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउडका कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत