‘जात्रै जात्रा’ ले गर्‍यो वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन « Khabarhub

‘जात्रै जात्रा’ ले गर्‍यो वर्षकै सबैभन्दा धेरै ग्रस कलेक्सन


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सफलताका साथ छैटौँ हप्तामा चलिरहेको फिल्म ‘जात्रै जात्रा’ यो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले छैटौँ हप्तासम्म आइपुग्दा झण्डै ९ करोडको व्यापार गरेको निर्माण टिमले जनाएको छ ।

पाँचौं हप्तासम्म फिल्मले राजधानीबाट झण्डै ७ करोड बराबरको कलेक्सन गरेको हो भने मोफसलबाट २ करोडको व्यापार गरेको हो । यो ग्रस कलेक्सनमा युट्युबको कमाइ र विदेशबाट कमाएको कलेक्सन जोडिएको छैन । ‘फिल्मले नेपालभरका हलबाट मात्र ९ करोडको कलेक्सन गरेको छ, विदेशको शो हामीले जोडेका छैनौँ,’ निर्देशक प्रदीप भट्टराईले भने ।

यो फिल्म नेपालसँगै अस्ट्रेलियामा पनि रिलिज गरिएको थियो । पछिल्लो समयको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको ‘जात्रै जात्रा’ मा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ३६ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका