१ डलरमै हवाई यात्राको अवसर ! « Khabarhub

१ डलरमै हवाई यात्राको अवसर !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– एक विमान कम्पनीले विभिन्न मुलुकबाट पलायन भएका आप्रवासीलाई घरफिर्तीको लागि एक डलरमा हवाई यात्राको अवसर प्रदान गर्ने भएको छ ।

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्ये अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको हो । कम्पनीले एक विज्ञिप्ति जारी गर्दै प्रबर्द्धनात्म योजना बमोजिम १ डलरमा हवाई यात्राको अफर अर्थात् यो सेवा उपलब्ध गराएको जनाएको छ ।

स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि तोकिएको कम्पनीले जनाएको छ । स्वदेश फिर्ती हुन चाहाने आप्रवासीहरुले जुन ३० तारिखसम्म १ डलरमा हवाई यात्राको अवसर प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुने जनाइएको छ ।

सन् २०१८ को अन्त्यसम्ममा हजारौं मध्य अमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा आप्रवासीका रुपमा रहेका छन् । उनीहरु आफ्नो मुलुकमा जारी हिंसा र गरिबीका कारण पलायन भएको बताइएको छ । यो समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाबाट लिइएको हो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ४५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर