१ डलरमै हवाई यात्राको अवसर ! « Khabarhub

१ डलरमै हवाई यात्राको अवसर !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– एक विमान कम्पनीले विभिन्न मुलुकबाट पलायन भएका आप्रवासीलाई घरफिर्तीको लागि एक डलरमा हवाई यात्राको अवसर प्रदान गर्ने भएको छ ।

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्ये अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको हो । कम्पनीले एक विज्ञिप्ति जारी गर्दै प्रबर्द्धनात्म योजना बमोजिम १ डलरमा हवाई यात्राको अफर अर्थात् यो सेवा उपलब्ध गराएको जनाएको छ ।

स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि तोकिएको कम्पनीले जनाएको छ । स्वदेश फिर्ती हुन चाहाने आप्रवासीहरुले जुन ३० तारिखसम्म १ डलरमा हवाई यात्राको अवसर प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुने जनाइएको छ ।

सन् २०१८ को अन्त्यसम्ममा हजारौं मध्य अमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा आप्रवासीका रुपमा रहेका छन् । उनीहरु आफ्नो मुलुकमा जारी हिंसा र गरिबीका कारण पलायन भएको बताइएको छ । यो समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाबाट लिइएको हो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : ४५ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग