नेयमारले पीएसजी जानु नै गल्ती ! « Khabarhub

नेयमारले पीएसजी जानु नै गल्ती !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारको चर्चा यतिबेला चुलिएको छ । क्लब फुटबलको सरुवा बजार खुला हुँदा नेयमार पनि पीएसजीबाट सरुवा हुने योजनामा रहेको र उनको क्लले पनि छाड्ने योजना बनाएको बहस भइरहँदा उनले ब्रार्सिलोनाबाट पीएसजी जान हुन्थ्यो वा हुदैनथ्यो भन्ने बहस पनि अन्तर्राष्ट्रिय मिडियाहरुले चलाइ रहेका छन् ।

यस्तैमा शनिबार बीबीसीले नेयमारबारेको बसमा उनले पीएसजी जाने निर्णय नै गलत गरेको फुटबल पत्रकार मिगुइल डेलानेले बताएका छन् ।

उनले बार्सिलोनामा उदीयमान खेलाडीका रुपमा रहेका नेयमारले पीएसजी जानु नै गलत भएको बताएका छन् । ‘अन्ततः उनले (नेयमार) पनि सम्झदै गएका छन् कि बार्सिलोनाबाट पीएसजी जानु ठूलो गल्त भयो भन्ने । केही व्यक्तिहरुसँग मात्रै बोल्दै उनले भन्ने पनि गरेका छन्, जो सँग उनी नजिक छन् ,’ डेलानेले भने, ‘त्यहाँ उनको भविष्य कता गइरहेको छ भन्ने पनि चिन्ता छ ।’

बार्सिलोनामा रहँदा स्टार खेलाडी लियोनल मेस्सीको छाँयामा पर्ने डरले पीउसजी गएका नेयमारलाई पुन बार्सिलोनाले भित्र्याउने इच्छा देखाएको समाचारहरुले दावी गर्दै आएका छन् । यद्यपी क्लबबाट खेल्दा समेत तीन खेलको प्रतिवन्धमा परेका नेयमारलाई बार्सिलोनाले दिने वा नलिने भन्ने यकिन भने भइसकेको छैन् ।
पीएसजीमा रहँदा यो सिजनमा खेलेका ३७ खेलका ३४ गोल गर्दै पीएसजीलाई लिग वान च्याम्पियन बनाएका उनी यतिबेला इनजड भएपछि आराम गरिरहेका छन् ।

२ सय २२ मिलियन युरोको विश्व कीर्तिमानमा पीएसजी गएका उनलाई पीएसजीले राम्रो रकम पाए छाड्ने बताइसकेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : १३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग