ओलीलाई ‘झुटप्रसाद’ भनेपछि नेकपा सांसदको प्रश्न शेरबहादुरलाई ‘छेरबहादुर’ भने के हुन्छ? « Khabarhub

ओलीलाई ‘झुटप्रसाद’ भनेपछि नेकपा सांसदको प्रश्न शेरबहादुरलाई ‘छेरबहादुर’ भने के हुन्छ?


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यतिबेला सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद आफूआफूमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रतिनिधिसभाको बैठकमै सांसदहरुले एकअर्काप्रति व्यक्त विचारको विषयमा जुहारी नै चलेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेपछि चौधरीको अभिव्यक्तिको विषयमा नेकपा सांसदले आपत्ति जनाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका चौधरीले प्रधानमन्त्रीलाई झूटप्रसाद ओली भनेका थिए । उनले भनेका थिए ‘सरकारको गठनदेखि आजसम्म जनताले प्रशंसा गर्न लायक काम सरकारले गर्न सकेको छैन, यो सरकार काण्डैकाण्डको दलदलमा फसेको छ । शुरूमा सिन्डिकेट अन्त्य गर्ने मुद्दामा वाहवाही पाएको सरकारले सिन्डिकेटलाई प्रोत्साहन गरेर आफूलाई झूट साबित गरेको छ, जथाभावी कर निर्धारण गरेर करप्रसाद उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारवाही हेर्दा उहाँले सधैं झुटको आश्वासन दिने, झूटको खेती गर्ने गर्दा उहाँको उपनाम झुटप्रसाद ओली भन्दा केही फरक पर्नेवाला छैन ।’

चौधरीको यो अभिव्यति प्रति आपत्ति जनाउँदै सभामुखसँग समय लिएर नेकपाका सांसद झपट रावलले कांग्रेस सभापति नाम बिगारे के होला भन्दै प्रश्न गरे । रावलले भने ‘प्रतिपक्षी दलका माननीय सदस्यले सम्माननीय प्रधानमन्त्रीको नाम बिगारेर सम्बोधन गर्नुभएको छ । हामीले बोल्ने भाषा शैलीबारे नेपाली जनताले चनाखो ढंगले हेर्नुभएको छ । हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ । हामी यहाँ बोलिरहँदा नेपाली जनताले के सिक्ने ? प्रतिपक्षी दलका मानननीयजीले सम्माननीय प्रधानमन्त्रीज्यूको नाम बंग्याएर करप्रसाद लगायतका झूटप्रसाद ओली भन्नुभएको छ । हामीले पनि प्रतिपक्षी दलका नेताज्यू शेरबहादुर देउवाको नाम छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?’

नेकपा सांसद रावलले चौधरीले बोलेको विषयलाई नेकपा सांसद रावलले गरेको टिप्पणीले ध्यानाकर्षण भएको भन्दै सभामुख कृष्णबहादुर महराले अब के गर्ने भन्ने निर्णय लिने बताए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ३९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग