सामाजिक सञ्जालमा भाइरल– रविको कुटपिट, मोहनको मेकअप र नेताको रातो पिर्का ! « Khabarhub

सामाजिक सञ्जालमा भाइरल– रविको कुटपिट, मोहनको मेकअप र नेताको रातो पिर्का !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल यस्तो थलो र माध्यम बनेको छ जहाँ हरेक दिनजसो केही न केही नयाँ विषयहरु चर्चामा छाउने गरेको छ ।

शनिवार(हिजो) सामाजिक सञ्जालमा सिधा कुरा जनतासँग नामक टेलिभिजन कार्यक्रमका प्रस्तोता रवी लामिछाने र सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहराबीच कुटाकुट भएको भन्ने विषय बहसमा छाएको थियो ।

सामाजिक सञ्जालमा चर्चा चलेपछि पत्रकार लामिछाने र बोहराले त्यसको स्पष्टीकरण दिएका थिए । आफूहरुबीच केही नभएको र केही पक्ष आफूहरुबीच झगडा गराउन लागि परेको उनीहरुले आरोप लगाएका थिए ।

एक अनलाईनमा लामिछाने र बोहराबीच कुटाकुट भएको समाचार सार्वजनिक भएको थियो ।

यस्तै केहीदिन देखि एउटा फोटो भाइरल बनेको छ । एक कार्यक्रममा पुगेका नेता रातो कपडाले ढाकेको केही अग्लो(पिर्का जस्तो देखिने) आशनमा उभिएका छन् । केही  तस्वीरहरुमा उनले सलाम गरेको पनि देखिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लोकतन्त्रमा पनि शाही शासनको जस्तो झल्को दिएको भन्दै आलोचना गरिरहेका छन् ।

सुनकोशी गाउँपालिका स्तरीय प्रथम अन्तरमावि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पुगेका प्रमुख अतिथि पिर्का माथि रातो कपडामा उभिएका छन् ।

उनका पछाडि अन्य केही मानिसहरु खादा लगाएर उभिएका छन् ।

यसरी विशेष स्थानमा उभिने व्यक्ति हुन् प्रदेशसभाका सांसद । ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट नेकपाका तर्फबाट उनी प्रदेशसभा बिजयी भएका सांसद हुन् ।

कार्यक्रमको उद्घाटन गर्न पुगेका उनीलाई यस्तो सम्मान गरिएको र नेताहरुमा आफू ठूलो हुँ भन्ने लाग्ने गरेको भन्दै आलोचना भइरहेको छ ।
हुन त यसअघि पनि केही नेताहरुले गाउँमा पुग्दा पनि रातो कपडामाथि उभिएर दुई तिन जना प्रहरी जवानबाट सलामी ग्रहण गरेको तस्वीरहरु आउने गरेका थिए ।

मोहन वैद्यको मेकअप

आइतबार(आज) सामाजिक सञ्जालमा अर्को एउटा तस्वीरको चर्चा चलिरहेको छ ।

नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्यलाई एक जना युवतीले व्लसर(मेकअप) लगाइदिरहेको तस्वीर भाइरल बनिरहेको छ ।

क्रान्तिकारी, सर्वहाराको मुद्दा उठान गर्ने र सादगी नेताको छवी बनाएका वैद्यले मेकअप गरेको विषय चर्चामा रहेको छ ।

कुन प्रयोजनका लागि मेकअप गरे भन्दा पनि नेताहरुको भित्रीरुप यस्तो हुन्छ भन्दै सामाजिक सञ्जालहरुमा चर्चा चलिरहेको छ । तस्वीरमा देखिए अनुसार नेता वैद्य कुनै टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिनका लागि पुगेको बेलामा मेकअप गरिएको जस्तो देखिएको छ भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नबुझी टिप्पणी नगर्न आह्वान गरेका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम टकटाइममा अन्तर्वार्ताका दिन पुगेका नेता वैद्यलाई टेलिभिजन स्क्रिनमा राम्रो देखाउन मेक अप गरिएको थियो । उनले नमान्दा नमान्दै पनि अनुहारमा पाउडर लगाइएको पत्रकार बबिन शर्माले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ४७ बजे

रणवीर सिंहको फिल्म ‘धुरन्धर’को ट्रेलर सार्वजनिक

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को

झिनो अंकले घट्यो नेप्से, ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेको छ

राजस्व कार्यालय तुलसीपुरद्वारा ७२ करोडभन्दा बढी राजस्व संकलन

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा

युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु

एजेन्सी– पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

अर्थमन्त्रीले भने- कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको छ

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने