सबै कुरा भताभुंग बनाएर, पुरानो घरमा डोजर लगाउन सम्भव छैन–मन्त्री पण्डित « Khabarhub

सबै कुरा भताभुंग बनाएर, पुरानो घरमा डोजर लगाउन सम्भव छैन–मन्त्री पण्डित


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना बनाउँछु भन्ने कुरा सम्भव नभएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर सबै नयाँ गर्ने विषय संभव नभएको बताएका हुन् ।

उनले विगतमा गरिएको व्यवस्था विभेदकारी भए परिर्वतन गर्दै जान सकिने र भविश्यमा पनि आवश्यकता अनुसार परिर्वतन गर्न सकिने भन्दै विद्यमान सम्पुर्ण नीतिगत व्यवस्थामा डोजर लगाउन सम्भव नभएको बताए ।

उनले भने “ विगतमा गरिएको कुराले विभेद भयो भनेर विगतकालाई हामी स्वकिार गर्छौ कि,हामी विभेदकारी थियौ भनेर ? कि समय अनुकुल परिर्वतन भईरहन्छ ? त्यसकारण हिजो गरेनम् । आज त्यो एकदम अनिवार्य छ । भविष्यमा अझै अनिवार्य हुन सक्छ । हिजो जुन ऐन आएको छ । सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरि होइन । अहिले त्यो संभव छैन । ”

सरकारको विभिन्न संरचना र संगठनहरु पनि त्यो अनुसार तयार नभएको भन्दै उनले विभिन्न पदमा कार्यरत व्यक्तिको कार्यगत स्थिति कहाँ कति परिर्वतन गर्ने भन्ने अनुसार अतिकतमसम्म मिलाएर अघि बढेको उल्लेख गरे ।

उनले भने “अहिले हामी देख्छौ । एकातिर नेपाल आर्मी, अर्कातिर सशस्त्र प्रहरी, अर्कोतिर जनपद प्रहरी ,अर्कातिर अनुसन्धान र अर्कोतिर निजामति छ । यी सबै सरकार त सरकारकै हुन् तर मिल्दैन । त्यसकारण जहाँसम्म मिल्छ , मिल्दै मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन ।सबै भताभुंग गरेर फेरी अर्को आँधीवेहरी श्रृजना गर्ने गरि अहिले संभव छैन । संभव भएजति छलफल गरेर ल्याईएको छ । अहिले त्यो गर्यो भने नीतिगत रुपमा विधेयक फिर्ता लैजानुस् भन्नुपर्ने हुन्छ । हामी त्यो ठाउँमा छैनौ । समग्र परिवेशले कहाँनेर कति चेन्ज गर्न सकिन्छ । त्यति बुझेर अगाडि बढ्यौ भने हामी निकासमा पुग्छौ । ”

लामो समय सम्म श्रेणी र तहगत प्रणालीमा छलफल गरेर स्थानीय र प्रदेशमा गएको भन्दै मन्त्री पण्डितले भविश्यमा तात्कालिन वस्तुस्थिति अनुसार परिर्वतन गरेर अघि बढ्न सकिने स्पष्ट पारे । समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका लागि विभागिय मन्त्री पण्डितलाई समितिमा बोलाएको हो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १ : ०७ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको