वर्षाले पर्वतमा जमिन भासियो, जिल्ला समन्वय समितिको भवन भत्कियो | Khabarhub Khabarhub

वर्षाले पर्वतमा जमिन भासियो, जिल्ला समन्वय समितिको भवन भत्कियो


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी चण्डीका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अवस्थामा भवन भत्किएको हो । भवनबाट धुलो माटो खस्न थालेपछि उठेर हेर्दा भवन चर्किएको र कोल्टे परेको देखेपछि भवन भासिएको पत्ता लागेपछि त्यहाँ रहेका सामान हटाएको भण्डारीले बताए ।

पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यानसमेत नरहने उनले बताए । जिससका प्रमुख मनोहर वि पौडेलले कार्यक्रमका सिलसिलामा दक्षिण पर्वतको हुवासमा रहेकाले के–कति क्षति भयो भन्ने यकिन विवरण जानकारी नभएको बताए। उनले सोही ठाउँमा समन्वय समितिको पक्की भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १ : ५६ बजे

महेश बस्नेतले भने- हामी सम्पत्ति जलेको सहुँला देशले हार्नु हुन्न 

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो सम्पत्ति जलेको सहने

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम

राष्ट्रपति पौडेलको अपिल : संवैधानिक दायराबाटै निकास निकालौँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका