१३ औं साग निर्धारित मितिमै हुन्छः सदस्य सचिव विष्ट « Khabarhub

१३ औं साग निर्धारित मितिमै हुन्छः सदस्य सचिव विष्ट


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने बताएका छन् ।

आईतबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले आगामी डिसेम्बर १ देखि १३ औँ दक्षिण एसियाली खेलकुल प्रतियोगिता शुरु हुने बताएका हुन् । डिसेम्बरमा पनि नेपालले प्रतियोगिता गर्न नसके आयोजनाको जिम्मेवारी नै गुमाउनुपर्ने र त्यसो भयो भने राष्ट्रघात हुने भन्दै भन्दै उनले सम्पुर्ण शक्ति प्रयोग गरी प्रतियोगिता सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले प्रतियोगिताका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेकाले भदौ सम्ममा सम्पुर्ण संरचना निर्माणको काम सम्पन्न हुने दाबी गरे । विगतमा पटक–पटक मिति सार्नु परेको विषयलाई लिएर प्रतियोगिताप्रति नै शंका आशंका नगर्न पनि उनले आग्रह गरे ।

क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले समस्या समाधान नभए शक्तिशाली नेपाल क्रिकेट बोर्ड गठन गरि क्रिकेटको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले आफ्नो ४ बर्षे कार्याकालको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए । परिषद्को सदस्यसचिवका रुपमा विष्टकोे चार वर्षे कार्यकाल सोमबार सकिदै छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ०८ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति