५ हजारभन्दा धेरै ठगीका पुराना मुद्दा फरफारक हुन बाँकी « Khabarhub

५ हजारभन्दा धेरै ठगीका पुराना मुद्दा फरफारक हुन बाँकी


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ५ हजारभन्दा धेरै वैदेशिक रोजगारीका नाममा परेका मुद्दा फरफारक हुने बाँकी रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

२०६४ सालदेखि यताका ३ हजार ७ सय मुद्दा र त्योभन्दा अगाडिका १ हजार ५ सय मुद्दा विभागमा पीडितले उजुरी गरेपनि विभिन्न कारण फरफारक हुन बाँकी रहेको विभागले जनाएको छ ।

पुराना मुद्दा फरफारक गर्न विभागले म्यानपावर कम्पनीलाई पटक पटक निर्देशन दिँदै आएको छ । तर, पीडितहरु सम्पर्कमा नआएको र कतिवय म्यानपावर कम्पनी बन्द भएका कारण ती मुद्दा फरफारक बाँकी रहेको विभागको दाबी छ ।

वैदेशिक रोजगारीका नाम आर्थिक शोषण धेरै हुँदै आएको विभागका महानिर्देशक डा भीष्मकुमार भुषालले बताए । आइतबार सञ्चारकर्मीलाई विभागले गरेको पछिल्लो गतिवधिका बारेमा जानकारी गराउँदै महानिर्देशक भुषालले वैदेशिक रोजगारीका विकृति रोक्न विभागले आवश्यक कानुन र अन्य सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए ।

‘विभागले विभागका सवै काम अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया मिलाइसकेको छ । अबको केही दिनभित्र सवै काम अनलाइन प्रणालीबाट हुन्छ । उजुरी, एजेन्टबाट ठगीको पीडितका समस्या सुनुवाइ अनलाइबाट नै हुँदै छन्’ उनले भने, ‘विभागले एजेन्ट खारेज गरेको छ ।

एजेन्टमार्फत काम गराउन म्यानपावरलाई वैदेशिक रोजगार ऐनअनुसार कानुनी कारवाही हुन्छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई पनि एजेन्टमार्फत काम नगर्ने विभागले आग्रह गर्दछ ।’

विभागले गएका ११ महिनामा ७ सय ४५ वटा उजुरीको सुनुवाइ गरेको विभागले जनाएको छ । सोही अवधिमा ३३ वटा व्यक्तिगत उजुरी वैदेशिक रोजगार न्यायधीकरण पठाएको विभागले जानकारी दिएको छ । यस्तै यो अवधिमा पीडितको उजुरीका आधारमा ९ करोड क्षतिपूर्ति भराएको विभागको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ४७ बजे

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ साट्न सकिने 

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग

उम्मेदवार गाउँ गाउँमा : चुनावी प्रचार तीव्र

भेरीगङ्गा– फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी

चुनाव जितेका बीएनपी नेता तारिकलाई मोदीको बधाई

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका नेता

निषेधाज्ञा छल्दै प्रसाईंसहितका सयौँ राजावादी ज्ञानेन्द्रको स्वागतमा (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन विमानस्थल गेटमा

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर