बाग्मती जग्गाको मुआब्जामा भूमाफियाले आर्थिक प्रलोभन देखाएः मन्त्री राई « Khabarhub

बाग्मती जग्गाको मुआब्जामा भूमाफियाले आर्थिक प्रलोभन देखाएः मन्त्री राई


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमती करीडोर जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन देखाएका खुलासा गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु दुई पटक मन्त्रालयमा नै आएर आर्थिक प्रलोभन देखाएको खुलासा गरेका हुन् ।

मन्त्री राईले आर्थिक प्रलोभन दिने व्यक्ति भन्ने खुलाएनन् । उनले भूमाफियाहरु सहित निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्णय सदर गरीदिनु भन्दै दबाब दिने गरेको बताए ।  मन्त्री राईले कानूनी जटिलताका कारण बागमती मुआब्जा दिन नसकेको पनि बताए ।

उनले मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको तर १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ०२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग