घुस लिएको आरोपमा असई परे अख्तियारको फन्दामा | Khabarhub Khabarhub

घुस लिएको आरोपमा असई परे अख्तियारको फन्दामा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना सेवाग्राहीसँग घुस लिएको आरोपमा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमबहादुर कटवाललाई पक्राउ गरेको छ ।

प्रहरी चौकी झोक्राहामा कार्यरत कटवालले वन मन्त्रालयबाट आएको पक्राउ पुर्जी मिलाइदिने आश्वासनमा सेवाग्राहीसँग ७ हजार घुस लिएको आरोप छ ।  घूस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको अख्तियारको टोलीले कटवाललाई आइतबार पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सहायक निरीक्षक कटुवाललाई कार्यालय नजीकैबाट पक्राउ गरिएको हो ।

यस्तै आयोगले जग्गा हाल साबिक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु एक लाख ५० हजार घूस मागेको अभियोगमा नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आरोपीद्वयलाई बिगो असुल गरी कैद सजायको समेत माग गरी विशेष अदातमा मुद्दा दायर गरिएको हो । त्यस्तै आयोगले महोत्तरीको एकडारा गाउँपालिका–४ का निर्वाचित वडा सदस्य रामचन्द्र राय यादवविरुद्ध पनि आइतबार नै  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ३६ हजार घूस लिएको अभियोग यादवमाथि लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको समेत माग गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ३३ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७