मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास आवश्यकः अध्यक्ष प्रचण्ड « Khabarhub

मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास आवश्यकः अध्यक्ष प्रचण्ड


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासले मात्रै मुलुकमा समृद्धि सम्भव हुने बताएका छन् । भरतपुरमा जारी पाँचौँ ‘हानामी चितवन च्याम्पियनशिप’को समापन गर्दै पूर्वप्रधानमन्त्री दाहालले अन्य देशको विकास खेलका माध्यमले भएको उल्लेख गरे ।

उनले नेपालमा पनि खेल क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए । खेल क्षेत्र राष्ट्रिय एकता, राष्ट्रिय अनुशासन, सभ्यता र पहिचानको आधार रहेकाले खेलकै कारण विश्वमा पहिचान रहने तथा आर्थिक रुपमा समृद्धि हाँसिल गर्न सहज हुने अध्यक्ष दाहालको भनाइ थियो । उनले निजी क्षेत्रबाट सञ्चालन हुने प्रतियोगितालाई राज्यले सहयोग गर्ने बताए ।

यसैबीच भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनशिपको उपाधि अभिशेक चर्च रजहरले जितेको छ । रजहरले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई २–१ गोलले हराउँदै उपाधिसँगै रु तीन लाख पुरस्कार जितेको छ ।

उप–विजेता शिक्षालयले रु एक लाख ५० हजार तथा तृतीय भएको जु फुटबल क्लब जुगेडीले रु ५० हजार पुरस्कार जितेको छ ।प्रतियोगिताको उत्कृष्ट खेलाडी अभिषेक चर्चका अजित गुरुङ घोषित भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरे । अभिषेक चर्चकै एनिक सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ६ गोल गरे ।

जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोल रक्षक, अभिषेक चर्चका मानबहादुर तामाङ उत्कृष्ट डिफेन्डर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गरे । गत जेठ २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : १३ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र