बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा « Khabarhub

बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

कोरियाले जित निकाल्न अतिरिक्त समयमा गरेको गोल नै निर्णायक भएको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय थपिएको थियो । जसमा १०७ औं मिनेटमा किम जीन सुले गरेको गोलले नै कोरियालाई पुर्याउन पर्याप्त भयो ।

निर्धारित समयको ह्वाङ ही चानले ४३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको बहराईनले ७७औं मिनेटमा बराबरी गोल गरेको थियो । बहराइनका मोहम्द अल रोमाहीले बराबरी गोल गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ७ : २९ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका