सैनिक नियमावली संशोधन गर्न कार्यदल | Khabarhub Khabarhub

सैनिक नियमावली संशोधन गर्न कार्यदल


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रक्षा मन्त्रालयले सैनिक नियमावाली संशोधन गर्न सहचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ।  रक्षा मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव ऋषि राजभण्डारीको संयोजकत्वमा सैनिक सेवा नियामावली २०६९ संशोधनका लागि कार्यदल गठन भएको हो भन्ने खबर कारोबार दैनिकमा खबर छ‍।

रक्षा मन्त्रलायका प्रवक्ता बाबुराम गौतमका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट सैनिक नियमावली संशोधन गर्न कार्यदल गठन गरेका हुन्।

कार्यदलमा रक्षा मन्त्रलाको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा र मानव संशासन विकास महासाखा प्रमुख नेपाली सेनाको व्यवस्था नीति तथा योजना महानिर्देशनालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सदस्य तथा रक्षा मन्त्रालयकै कानुन सेवाका उपसचिव सदस्य सचिव तोकिएको छ।

सैनिक अधिकृत तथा जनावको सरुवा बढुवा तथा वृत्तिविकासलगायतका विषयलाई समयानुकुल बनाउन नियमावली संशोधन कार्य अघि बढाइएको रक्षा मन्त्रलायले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  १० : ३४ बजे

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि