सैनिक नियमावली संशोधन गर्न कार्यदल « Khabarhub

सैनिक नियमावली संशोधन गर्न कार्यदल


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रक्षा मन्त्रालयले सैनिक नियमावाली संशोधन गर्न सहचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ।  रक्षा मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव ऋषि राजभण्डारीको संयोजकत्वमा सैनिक सेवा नियामावली २०६९ संशोधनका लागि कार्यदल गठन भएको हो भन्ने खबर कारोबार दैनिकमा खबर छ‍।

रक्षा मन्त्रलायका प्रवक्ता बाबुराम गौतमका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट सैनिक नियमावली संशोधन गर्न कार्यदल गठन गरेका हुन्।

कार्यदलमा रक्षा मन्त्रलाको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा र मानव संशासन विकास महासाखा प्रमुख नेपाली सेनाको व्यवस्था नीति तथा योजना महानिर्देशनालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सदस्य तथा रक्षा मन्त्रालयकै कानुन सेवाका उपसचिव सदस्य सचिव तोकिएको छ।

सैनिक अधिकृत तथा जनावको सरुवा बढुवा तथा वृत्तिविकासलगायतका विषयलाई समयानुकुल बनाउन नियमावली संशोधन कार्य अघि बढाइएको रक्षा मन्त्रलायले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  १० : ३४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच