अपोलो ११: मानव सभ्यताकै अभूतपूर्व उपलब्धी | Khabarhub Khabarhub

अपोलो ११: मानव सभ्यताकै अभूतपूर्व उपलब्धी



वर्ष सन् १९६१, तत्कालिन सोभियत संघ अमेरिकालाई पछि पार्दै अन्तरिक्ष दौडमा अघि बढिरहेको थियो । सोभियत संघले चार वर्ष अघि सन् १९५७ अक्टोबर ४ मा पहिलो पटक अन्तरिक्षमा स्पुत्निक १ नामक भू–उपग्रह प्रक्षेपण गरिसकेको थियो । सोही वर्षको नोभेम्बर ३ मा स्पुत्निक २ मार्फत ‘लाइका’ नाम गरेको कुकुरलाई अन्तरिक्षमा पठायो ।

सन् १९५८ मा बल्ल अमेरिकाले आफ्नो पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ प्रक्षेपण गर्‍यो । त्यसको एक वर्षपछि सोभियत संघले नै सन् १९५९ जनवरी २ मा लुना १ नामक यान प्रक्षेपण गरी इतिहासमै पहिलो पटक चन्द्र अभियान थालेको थियो ।

सन् १९६० अगष्टमा सोभियत संघले स्पुत्निक ५ बाट बेल्का र स्ट्रेल्का नाम गरेका दुई कुकुरलाई अन्तरिक्षमा पठाएर जीवितै पृथ्वीमा फर्काउन सफल भयो । सन् १९६१ अप्रिल महिनामा सोभियत संघले पहिलो अन्तरिक्ष यात्रीका रुपमा युरी गागरिनलाई भोस्तोक १ अन्तरिक्ष अभियानअन्तर्गत अन्तरिक्षमा पठाएर पृथ्वीमा फर्काउन सफल भयो ।

शीतयुद्धको चरम समयमा अन्तरिक्ष दौडमा रहेको सोभियत संघले अमेरिकालाई पछि पारिरहेको थियो । पुँजीवाद र स्वतन्त्र विश्वको हिमायती अमेरिका साम्यवादी मुलुक सोभियत संघसँग अन्तरिक्ष दौडमा पछि परिरहेको अवस्थामा अमेरिकाको प्रतिष्ठा नै दाउमा थियो । त्यही बेला फिडेल क्याष्ट्रोको नेतृत्वमा क्युबामा भएको क्रान्तिलाई परास्त गर्नका लागि अमेरिकी गुप्तचर निकाय सीआईएको निर्देशनमा ‘बे अफ पिग्स’मा भएको आक्रमण पनि असफल भएको थियो । यस्तोमा अमेरिकाले आफ्नो प्रतिष्ठा जोगाउनु महत्वपूर्ण थियो ।

सन् १९६० मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा सोभियत संघले जारी राखेको साम्यवादको विस्तारलाई रोक्ने तथा सोभियत संघविरुद्ध अमेरिकी बर्चश्व स्थापित गराउने बाचाका साथ जोन एफ केनेडी निर्वाचित भएका थिए । मे २५ सन् १९६१ । तत्कालिन अमेरिकी राष्ट्रपति केनेडीले सोभियत संघलाई चुनौति दिनका लागि कंग्रेस समक्ष अमेरिकाले चन्द्र अभियान थाल्ने घोषणा गरे ।

मानव निर्मित यान पृथ्वीभन्दा करोडौं किलोमिटर टाढा पुगिसकेका छन् । मानव सभ्यताले अबका केही वर्ष वा दशकपछि मंगल ग्रहतर्फ ध्यान दिइरहेको छ । तैपनि मानव सभ्यताले चन्द्रमामा पाइला टेकेको यो घटना भने विश्व, मानव सभ्यता तथा अन्तरिक्ष अभियानको क्षेत्रमा अभूतपूर्व छ ।

कंग्रेस समक्ष दिइएको ऐतिहासिक भाषणमा ६० को दशकभित्र अमेरिकाले चन्द्रमामा मानव पाइला टेकाउँदै अमेरिकी झण्डा फहराउने घोषणाले विश्व नै अचम्मित भयो । पृथ्वीबाट हरेक रात देखिने यति टाढाको वस्तुमा कसरी मानवले पाइला टेक्न सक्लान् भन्ने जिज्ञासा सर्वत्र थियो । पृथ्वीबाट ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरीमा रहेको चन्द्रमामा मानव पाइला राख्ने दृढता त्यस बेलाका लागि चानचुने कुरा थिएन ।

यतिकैमा सन् १९६२ सेप्टेम्बर १२ मा केनेडीले टेक्सस राज्यको ह्युस्टन शहरमा ४० हजारभन्दा धेरै मानिस उपस्थित समारोहमा ऐतिहासिक तथा महत्वपूर्ण ‘वि चुज टु गो टु द मुन’ नामक भाषण गरे । यसबाट अमेरिकी जनता चन्द्र अभियानका लागि हौसिए ।

‘हवाई विज्ञानसम्बन्धी राष्ट्रिय सल्लाहकार समिति’ नामक संस्थाको नाम परिवर्तन गरी सन् १९५८ मा अमेरिकाले ‘राष्ट्रिय हवाई विज्ञान तथा अन्तरिक्ष प्रशासन’ (नासा) नामाकरण गर्‍यो । नासाले अपोलो नामबाट चन्द्रमा अभियानबारे अध्ययन गर्दै आएको थियो । केनेडीको घोषणापछि नासाका लागि ६० को दशकभित्र चन्द्रमामा मानवलाई पुर्‍याउनु सानो चुनौति भने थिएन । पृथ्वीको कक्षसम्म पुग्ने यानको निर्माण भइसकेपनि त्यसभन्दा धेरै टाढा चन्द्रमासम्म पुर्‍याउने शक्तिशाली यानको विकास अझै भइसकेको थिएन । मानवलाई चन्द्रमासम्म पुर्‍याउने कमाण्ड एण्ड सर्भिस मोज्युलको विकास गर्न पनि बाँकी थियो ।

यसबाहेक चन्द्रमामा मानिसलाई एकैपटक पुर्‍याउन पनि सम्भव थिएन । त्यसका लागि विभिन्न चन्द्र अभियान सञ्चालन गरी चन्द्रमाको सतह, त्यहाँको वातावरण, गुरुत्वाकर्षण तथा अन्य किसिमको जानकारी पनि हासिल गर्नु अपरिहार्य थियो ।

यस्तो अवस्थामा नासाले मानवलाई चन्द्र धरातलमा ओराल्न आफ्नो ध्यान केन्द्रित गरिरहेको थियो । नासाले यसका लागि अमेरिकी वायुसेनाका पाइलटहरुलाई चन्द्र अभियानका लागि तालिम दिन शुरु गर्‍यो । एकपछि अर्को गरी चन्द्रमासम्म पुग्ने यान निर्माणतर्फ पनि जुटिरह्यो । यहीबीचमा अमेरिकी गुप्तचर निकाय सीआइएले सोभियत संघले अमेरिका अगावै चन्द्र धरातलमा मानिसलाई पुर्‍याउने लक्ष्य लिएको र त्यसैअनुसार काम गरिरहेको एकपछि अर्को प्रतिवेदन तयार पारिरहेको थियो ।

यही क्रममा सन् १९६६ फेब्रुअरी महिनामा सोभियत संघको लुना ९ नामक यानले चन्द्र धरातलमा सफलतापूर्वक अवतरण गर्‍यो । यस्तो अवस्थामा नासालाई जसरी भएपनि सोभियत संघभन्दा अगाडि नै चन्द्र धरातलमा मानव पाइला राख्न चरम दबाब थियो ।

वर्षौंको प्राविधिक विकास र अध्ययनपछि नासाले पृथ्वीको तल्लो कक्षमा रहनेगरी अपोलो अभियानका लागि कमाण्ड एण्ड सर्भिस मोज्युल परीक्षण गर्न अपोलो १ प्रक्षेपण गर्ने तयारी गर्‍यो । अपोलो १ अभियान सन् १९६७ फेब्रुअरी १ मा पृथ्वीको कक्षतर्फ प्रक्षेपण गर्ने तय भएको थियो । तर, यसैको तयारीका क्रममा सन् १९६७ जनवरी २७ मा अपोलो १ मा आगो लाग्यो । आगोसँगै अपोलो १ को कमाण्ड एण्ड सर्भिस मोज्युलमा रहेका तीन अन्तरिक्षयात्रीको निधन भयो ।

अपोलो १ मा भएको आगलागीको घटनाबाट नासाको अभियानलाई ठूलो धक्का पुग्यो । नासाको अनुसन्धानबाट अन्तरिक्षयात्री रहने कक्षको अत्यन्त शुद्ध अक्सिजन आगलागीको कारण भएको पत्ता लाग्यो । त्यसलाई अझ परिष्कृत गराइयो ।

दबाबकै क्रममा नासाले मानवलाई चन्द्र धरातलमा पुर्‍याउने शक्तिशाली स्याटर्न नामक यान एकपछि अर्को परीक्षण गरी त्यसलाई अझ परिष्कृत बनाइरहेको थियो । तैपनि चन्द्रमासम्म पुग्ने स्याटर्न पाचौं यानमा एकपछि अर्को प्राविधिक समस्याहरु देखा परिरहेको थियो । यानमा प्रयोग भएको शक्तिशाली एफ १ इन्जिन हरेक परीक्षणमा असफल बन्दै गइरहेको अवस्थामा त्यसमा पनि अझ सुधार गर्नुपर्ने चुनौति थियो । त्यस्तै, चन्द्रमामा अवतरण गरिने लुनर मोज्युलको पनि परीक्षणहरु तीव्र गतिमा अघि बढिरहेको थियो ।

अर्कोतर्फ मानवले मात्र यतिठूलो अभियानको व्यवहारिक सञ्चालन गर्न सम्भव थिएन । अभियान सञ्चालनका लागि कम्प्युटर प्रविधिमा आधारित रहनुपथ्र्यो । त्यसबेला एउटै कम्प्युटरको आकार एउटा विशाल भवनभन्दा ठूलो हुने भएकोले कम्प्युटरलाई सानो आकार, तीव्र गतिको र चन्द्र अभियानका लागि व्यवहारिक बनाउन तर्फ पनि नासालाई चुनौति आइपरेको थियो । यसको विकासका लागि मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी एमआईटीका वैज्ञानिकहरु अहोरात्र खटिएका थिए ।

जुलाई २४ मा तीन अन्तरिक्षयात्री सहितको कमाण्ड एण्ड सर्भिस मोज्युल प्रशान्त महासागरमा अवतरण गर्‍यो । अन्तरिक्षयात्रीहरु सकुशल पृथ्वीमा फर्कन सफल भए । योसँगै अमेरिकाको महत्वकांक्षी एवं अभूतपूर्व अपोलो ११ अभियान सफल भयो ।

त्यस्तै, अपोलो अभियानका लागि कम्प्युटरको सटिक कमाण्ड कोड पनि आवश्यक थियो । यसका लागि एमआइटीकै मर्गरिटा ह्यामिल्टनले हजारौं पृष्ठमा आफ्नै हातले कम्प्युटर कोड लेखिन् । उनले लेखेको कोड ५ फिट अग्लो टावरजत्रै थियो ।

यी सबै प्रविधि विकास भएसँगै सन् १९६८ अक्टोबर ११ मा नासाले स्याटर्न आईबी यानमार्फत् अपोलो ७ प्रक्षेपण गर्‍यो । अपोलो १ अभियान असफल भएसँगै अपोलो १ कै शैलीमा पृथ्वीको तल्लो कक्षमा कमाण्ड एण्ड सर्भिस मोज्युललाई परीक्षण गर्न अपोलो ७ प्रक्षेपण गरिएको थियो । अपोलो ७ को परीक्षण पनि सफल भयो ।

यसबाट नासाको आत्मविश्वास बढ्यो । यतिकैमा सीआईएले सोभियत संघले केही महिनाभित्रमा मानवलाई चन्द्र धरातलमा ओराल्ने तयारी थालेको प्रतिवेदन ल्यायो । प्रतिवेदनसँगै नासालाई ठूलो दबाब आइलाग्यो । नासाले आगामी अपोलो ८ अभियानलाई अर्को रुप दिने निर्णय गर्‍यो । शुरुमा नासाले अपोलो ८ अभियानलाई लुनर मोज्युल र कमाण्ड एण्ड सर्भिस मोज्युलको परीक्षणका लागि तय गरेको थियो । तर, सोभियत संघले मानवलाई चन्द्र धरातलमा ओराल्न लागेको खबर पाएपछि भने नासाले अपोलो ८ अभियानलाई चन्द्रमाको कक्षमा पहिलो पटक मानव लैजान प्रक्षेपण गर्ने गरी तयार गर्‍यो ।

सन् १९६८ डिसेम्बर २१ । नासाले पहलोपटक स्याटर्न पाचौँ यानबाट चन्द्रमाको कक्षका लागि पहिलो पटक मानवसहितको यान प्रक्षेपण गर्‍यो । अपोलो अभियानका लागि यो सबैभन्दा महत्वपूर्ण कदम थियो । यो अभियानमार्फत तीन अन्तरिक्षयात्री चन्द्रमाको कक्षमा पहिलोपटक सफलतापूर्वक पुगे । उनीहरुले चन्द्रमाको कक्षबाट चन्द्रमालाई १० पटक चक्कर लगाउन सफल भए । अपोलो ८ अभियान सफल भयो ।

नासाले सन् १९६९ मार्च ३ मा अपोलो अभियानका लागि लुनर मोज्युल र कमाण्ड एण्ड सर्भिस मोज्युल परीक्षणका लागि प्रक्षेपण गरेको अपोलो ९ अभियान पनि सफल भयो । त्यस्तै, लुनर सुट (चन्द्रमामा ओर्लदा लगाउने वस्त्र) परीक्षणका लागि सोही वर्षको मे १८ मा नासाले परीक्षण गरेको अपोलो १० पनि सफल भयो ।

त्यहीबेला भियतनाममा जारी युद्धमा अमेरिकाको संलग्नतालाई लिएर अमेरिकी समाजमा तीव्र ध्रुविकरण उत्पन्न भएको थियो । राष्ट्रिय एकतालाई मजबुत बनाउनका लागि केही नयाँ गर्न पनि तत्कालिन रिचर्ड निक्सनको प्रशासनमाथि दबाब थियो । नासा पनि ६० को दशकको अन्त्यसम्म चन्द्र धरातलमा मानव पाइला टेकाउने अभियानमा पूरापूर लागिरहेको थियो ।

सन् १९६९ जुलाई १६, तीन अन्तरिक्षयात्रीहरु निल आर्मस्ट्रङ, एडविन ‘बज’ एल्ड्रिन र माइकल कोलिन्स तथा चन्द्र धरातलमा ओर्लिने लुनर मोज्युल, अन्तरिक्षयात्री बस्ने कमाण्ड एण्ड सर्भिस मोज्युल र अरु उपकरण बोकेको स्याटर्न पाचौँ नामक शक्तिशाली यान फ्लोरिडा राज्यको केप केनेडी अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरियो । १ सय ११ मिटर उचाई अर्थात् अमेरिकाको पहिचानका रुपमा रहेको स्टाचु अफ लिबर्टीभन्दा ५ फिट अग्लो तथा २८ लाख किलोग्रामको स्याटर्न पाचौँ यान केही मिनेटभित्रै आकाशमा बिलायो । मानवलाई चन्द्र धरातलमा ओराल्ने यो अभूतपूर्व अपोलो ११ अभियान थियो ।

विभिन्न भागमा छुट्टिँदै स्याटर्न ५ मा रहेको अपोलो ११ ले पृथ्वीको सतहबाट १६५ किलोमिटर माथि पृथ्वीको कक्षमा पुगेर चक्कर लगाउन थाल्यो । त्यसलगत्तै उक्त यान चन्द्रमातर्फ अघि बढ्यो । यानमा रहेको कमाण्ड एण्ड सर्भिस मोज्युल यानबाट बाहिर निस्कियो र १८० डिग्री घुम्यो । अन्तरिक्षयात्रीले उक्त मोज्युललाई लुनर मोज्युलसँग जोडे । अब अपोलो ११ अभियान चन्द्रमातर्फ अघि बढ्यो ।

चन्द्र धरातलमा ओर्लेको केही समयपछि लुनर मोज्युलबाट निल आर्मस्ट्रङ बाहिर निस्के । योसँगै उनी चन्द्र धरातलमा पाइला राख्ने पहिलो मानव बने । त्यसको केही समयपछि बज एल्ड्रिनले पनि चन्द्र धरातलमा पाइला राखे ।

त्यसको तीन दिनसम्म अपोलो ११ को कमाण्ड एण्ड सर्भिस मोज्युलमा रहेका अन्तरिक्षयात्रीहरु चन्द्रमातर्फ अघि बढिरहे । त्यसपछि उनीहरु चन्द्रमाको कक्षमा पुगे । यतिकैमा अन्तरिक्षयात्रीहरु बज एल्ड्रिन र निल आर्मस्ट्रङ कामण्ड मोज्युलबाट इगल नामक लुनर मोज्युलमा सरे । माइकल कोलिन्स भने कोलम्बिया नाम गरेको कमाण्ड एण्ड सर्भिस मोज्युल मै रहे ।

कमाण्ड एण्ड सर्भिस मोज्युल र लुनर मोज्युल यहीँ छुट्टिए । लुनर मोज्युल विस्तारै चन्द्रमाको सतहतर्फ अघि बढ्यो भने कमाण्ड एण्ड सर्भिस मोज्युल चन्द्रमाको कक्षमै घुमिरह्यो । त्यसको केही समयपछि लुनर मोज्युल इगल चन्द्र धरातलको ‘सि अफ ट्रान्कुलिटी’ भनिने स्थानमा ओर्लियो ।

सन् १९६९ जुन २०, मानव सभ्यताको अभूतपूर्व दिन । चन्द्र धरातलमा ओर्लेको केही समयपछि लुनर मोज्युलबाट निल आर्मस्ट्रङ बाहिर निस्के । योसँगै उनी चन्द्र धरातलमा पाइला राख्ने पहिलो मानव बने । त्यसको केही समयपछि बज एल्ड्रिनले पनि चन्द्र धरातलमा पाइला राखे ।

उनीहरुले त्यहाँ अमेरिकी झण्डा गाडे र अध्ययनका लागि केही चट्टानसमेत लिन भ्याए । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अन्तरिक्षयात्रीसँग टेलिफोन संवाद पनि गरे । उक्त अभूतपूर्व घटनाको विश्वभर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

त्यसको साढे २२ घण्टापछि लुनर मोज्युलले चन्द्रमा छाड्यो र चन्द्रमाको कक्षमा घुमिरहेको कमाण्ड एण्ड सर्भिस मोज्युलसँग जोडियो । कमाण्ड एण्ड सर्भिस मोज्युलले चन्द्रमाको कक्षबाट फुत्किनका लागि इन्जिन शुरु गर्‍यो । अपोलो अभियानको सर्भिस एण्ड कमाण्ड मोज्युल पृथ्वीतर्फ अघि बढ्यो । साढे २ दिनपछि उक्त मोज्युल पृथ्वीको कक्षमा प्रवेश गर्‍यो । अवतरणका लागि उक्त यान पृथ्वीतर्फ अघि बढ्न थाल्यो ।

जुलाई २४ मा तीन अन्तरिक्षयात्री सहितको कमाण्ड एण्ड सर्भिस मोज्युल प्रशान्त महासागरमा अवतरण गर्‍यो । अन्तरिक्षयात्रीहरु सकुशल पृथ्वीमा फर्कन सफल भए । योसँगै अमेरिकाको महत्वकांक्षी एवं अभूतपूर्व अपोलो ११ अभियान सफल भयो । अमेरिकाले विश्वमा आफ्नो वर्चश्व पुनः स्थापित गरेको पुष्टि गर्‍यो ।

त्यसयता अन्तरिक्ष अभियानका क्रममा ठूला–ठूला उपलब्धी हासिल भइसकेका छन् । मानव निर्मित यान पृथ्वीभन्दा करोडौं किलोमिटर टाढा पुगिसकेका छन् । मानव सभ्यताले अबका केही वर्ष वा दशकपछि मंगल ग्रहतर्फ ध्यान दिइरहेको छ । तैपनि मानव सभ्यताले चन्द्रमामा पाइला टेकेको यो घटना भने विश्व, मानव सभ्यता तथा अन्तरिक्ष अभियानको क्षेत्रमा अभूतपूर्व छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ८ : ०१ बजे

सन् २०२४ : को बने वर्षका खेल नायक ?

वर्ष २०२४ हाम्रो माझबाट लगभग बिदा भएको छ। विश्व खेलकुदमा

काठमाडौंसहित देशभर मौसम बदली, ठाउँठाउँमा वर्षा

काठमाडौं– आज काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।

हुम्लालगायत कर्णालीका उच्च भेगमा हिमपात

हुम्ला– हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार

डा. ओम मूर्तिबाट सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमा खर्च

काठमाडौं– मुटुरोग विशेषज्ञ, स्वास्थ्य अभियान्ता डा. ओम मूर्ति अनिलले सामाजिक

तनहुँ जलविद्युत् आयोजनाबाट ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट